• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु

भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु

  • सोमवार, साउन ९, २०७९
भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् ।

तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार