अर्थ जङ शाही /बझाङ — जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले आफूसहित पालिकाको एक टोलीले जयपृथ्वी राजमार्ग बझाङको जालेबगरमा सेतीले केही बाटो कटान गरेपछि अनुगमन गर्न निस्किएका छन्।
केही दिन अगाडि मात्र बनेको जयपृथ्वी राजमार्ग जालेबगर भन्ने ठाउँमा नदीले सडकको केही भाग कटान गरेको हुदा गाडी गुड्दा-गुड्दै कहिले पाङ्ग्रा नै भासिने पो होकि भनेर डरत्रासमा गाडी गुडाईरहेको शमशेर रोकायाले बडिमालिका खबरलाई बताएका छन्।
सडकलाई विकासको प्राथमिकतामा राखेर बर्सेनि सडकमा करोडौं बजेट छुट्टिन्छ। बर्सेनि बजेटको आकार बढाइन्छ। भेलसरी बग्ने बजेटले विकास समेट्नुभन्दा प्राकृतिक संरचना बिगार्ने काम गरिरहेको बझाङबांसीको गुनासो रहेको छ। हिउँदभर काममा ढिलासुस्ती र विभिन्न बाहनाबाजी गर्दै काम नगर्ने प्रवृत्तिले विकृति फैलाएको छ। असार मसान्तको चटारो, भुक्तानी सक्ने हतारो र बजेट फ्रिज हुने डरको विकासले नागरिकलाई सुविधाभन्दा द्विविधा दिएको स्थानीय बताउँछन्।
मेयेर बजालले अनुगमन गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेका थिए, बझाङबांसीले त्यही अनुगमन गरेको फोटोमा ब्यङ्ग्य गर्दै-‘ बजेटको दुरुपयोग र देखावटी अनुगमन मात्र गरेको कमेन्टमा लेखका छन्। ‘असारे विकास दिगोविकास पनि होइन। सुविधाजनक प्रत्याभूति पनि हैन। यो त ठेकेदार र कमिसनमा लठिभद्र कर्मचारीको गोजी भर्ने विकास मात्र हो।’