• होमपेज
  • प्रदेश ७
  • बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए

बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए

  • आइतवार, साउन ८, २०७९
बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए

अर्थ जङ शाही/ बझाङ — बझाङका एक जना पुरुष गाडीमा मृत भेटिएका छन् । मादक पदार्थ सेवन गरि पुतलीलेक मोडमा जीपभित्र सुतेका बुंगल नगरपालिका-११ पुतलीलेक २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत भेटिएका हुन् ।

बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन् । बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिडेको र मृतक बोहराको घर नजिकै जीप रोकेर सुतेको प्रहरीले जनाएको छ ।

राति ९:३० बजे पुतलीलेक मोडमा पुगेपछि जीप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार