• होमपेज
  • बडिमालिका
  • बिच्चली चार भाइबहिनीलाइ सहयोग

बिच्चली चार भाइबहिनीलाइ सहयोग

  • आइतवार, साउन ८, २०७९
बिच्चली चार भाइबहिनीलाइ सहयोग

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका ७ जिल्लीका बिच्चली ४ दलित भाइबहिनीलाई सहयोग गरिएको छ । अलपत्र भाइबहिनीलाइ खाद्यन्न, लुगाकपडा र नगद सहयोग गरिएको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर खड्काले वताएका छन् ।
बडिमालिका खबरमा समाचार प्रकाशित पछि काठमाडौ घर भइ हाल अमेरिका बस्दै आएका अमर क्षेत्रीले ६० हजार ९ सय ८४ नगद सहयोग गरेका छन् । त्यस्तै बाजुरा घरभइ हाल काठमाडौ बस्दै आएका इन्जिनियर जिवन शाहले ७ हजार ८ सय २७ सहयोग गरेका छन् । सहयोग रकम नगरपालिकाको समन्वयमा लुगाकपडा, खाद्यन्न र नगद सहयोग गरिएको छ ।
समाचार प्रकाशति पछि काठमाडौमा रहेको अनाथ असहाय बाल सुधार समाजले खान बस्न देखी पठनपाठनको ब्यबस्थापन गर्ने भएको छ । संस्थाका अध्यक्ष रमेशदेब सुनारले भने समाचार प्रकाशित भएपछि बिच्चलीमा रहेको जानकारी पायौं, संस्थाले उनिहरुलाइ जिम्मा लिएर पठनपठानको ब्यबस्था गर्ने वताए । त्यस्तै अष्ट्ररिया बस्दै आएका दावा शेर्पाले ति बच्चाहरुको पठनपाठनमा सहयोग गर्ने वताएका छन् ।
बिचच्ली भएको जानकारी पाएपछि थोरै भएपनि तत्कालका लागि सहयोग होस भनेर सहयोग गरेको अमर क्षेत्रिले वताए । बुवा हरिभाने चदाराको डेढ हप्ता पहिला र आमाको लक्षु चदाराको ६ बर्ष पहिला मृत्यु हुदा चार भाइबहिनी बिच्चलीमा परेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
अलपत्र पर्नेमा १४ बर्षकि संगिता चदारा, १२ बर्षकि रमिला चदारा, ९ बर्षका विबेक चदारा र ६ बर्षका बिक्रम चदारा रहेका छन् । संगिताका बुवा हरिभाने चदाराको १ हप्ता पहिला उपचारको क्रममा भारतको सिम्लामा मृत्यु भएको थियो । आमा लक्षु चदाराको ६ बर्ष पहिला घास काट्ने बेला भिर बाट लडेर मृत्यु भएको संगिताले वताईन् ।
घर समेत नभएका उनिहरु अरुको घरमा बसिरहेका छन् । रमिता कक्षा ३ र बिवेक चदारा कक्षा २ मा गाउँमा रहेको लक्ष्मि माबिमा पढने गरेका थिए । फागुनमा बुवा हरिभाने चदारा सँगै बिद्यालय छोडेर भारत गएका थिए । बुवालाई सञ्चो हुदा सम्म बिद्यालय जाने गरेका थियौ, बुवा नै बिरामी भएपछि बिद्यालय छोडेर भारत गएको रमिता चदाराले वताईन् । संगिता चदारा भने आमाको मृत्यु पछि घरमा काम गर्नुपर्ने बाध्यता भएपछि बिद्यालय छोडेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार