गजल!

  • शुक्रबार, साउन ६, २०७९
गजल!

शुन्दर आशियानाको सबैलाई रहर हुनुपर्छ,
मेरो बिचारमा भने सबैमिलेको घर हुनुपर्छ।

पूर्वजले पातिले वारेरपनि त चयनमा थिए,
हाम्रो रगतमा समेत थोरै त्यो असर हुनुपर्छ।

नङ मासुकै जस्तो सम्बन्ध होस् परिवारमा,
जस्तो कि सधै खोलाकै लागी बगर हुनुपर्छ।

होस् ठुलाको सम्मान स्नेह होस् साना लाई,
जिवन पनि त एक आर्कामा निर्भर हुनुपर्छ।

सपना देख्नुहोस् र साहकार पार्नुको लागी,
परिवार को एउटै गनतब्य र सफर हुनुपर्छ।

सेतेको त एउटै सपना देख्यो जिन्दगि भरी,
आफु खरानी परेपनि बिचार अंमर हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार