शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेस बाजुराले मनायो ४० औँ विपी स्मृति दिवस

नेपाली काँग्रेस बाजुराले मनायो ४० औँ विपी स्मृति दिवस

  • शुक्रबार, साउन ६, २०७९
नेपाली काँग्रेस बाजुराले मनायो ४० औँ विपी स्मृति दिवस

बाजुरा–विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराद्धारा विरामीलाई फलफुल र लामखुट्टेबाट सुरक्षित रहन झुल बितरण गरिएको छ ।
बिश्वसेर प्रसाद कोइरालोको ४० औं स्मृति दिवसमा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई फलफुल र लामखुट्टेबाट सुरक्षित रहन झुल वितरण गरेको हो । जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल र झुल बितरण गरेर ४० औं वि.पी. स्मृति दिवश मनाएको नेपाली काँग्रेस बाजुराका पाटी सभापति रामसिंह रावलले बताए । २०३९ सालमा  बि.पी. कोइरालाको मृत्यू भएको आज श्रावण ६ गते ४० बर्ष पुरा गरेको रावलले बताए ।
फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलको संयोजकत्वमा भएको हो । नेपाली काँग्रेस नि.बर्तमान सभापति कविराज पण्डित लगायतका जिल्ला कार्य समितिका पदाधिकारीहरुले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल लामखुट्टेबाट सुरक्षित रहन झुल बितरण कार्यक्रम गरेका हुन ।

चर्चामा

सम्बन्धित समाचार