• होमपेज
  • समाज
  • कर्मचारीको म्याद थप नगर्दा स्वामीकार्तिकका ५ वटा स्वास्थ्य संस्था बन्द

कर्मचारीको म्याद थप नगर्दा स्वामीकार्तिकका ५ वटा स्वास्थ्य संस्था बन्द

  • शुक्रबार, साउन ६, २०७९
कर्मचारीको म्याद थप नगर्दा स्वामीकार्तिकका ५ वटा स्वास्थ्य संस्था बन्द
बिहीबार स्वामीकार्तिक खापर गाउपालिका १ की कार्तिका बिक स्वास्थ्यकर्मि नहुँदा बाटाेमा बच्चा जन्माउदै

पदमबहादुर सिंह
बाजुरा–स्वामीकार्तिक खापर गाउँपलिकाले करार सेवाका कर्मचारीहरुको करार सेवा थप नगर्दा ५ वटा स्वास्थ्य सस्थाहरु बन्द भएका छन् ।
स्थानिय तहको निर्बाचन पछि आएको नयाँ निर्वाचित जनप्रतिनिधले साउन १ गते देखि करार सेवाका कर्मचारीहरुको करार अवधी थप गरेको छैन् । करार कर्मचारीको म्याद थप नगर्दा ५ वटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बिहीन बनेको स्वामीकार्तिक खापगर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पारस शाहीले बताए ।
गाउँपालिकाका २ फयालगाउँ आधारभुक्त स्वास्थ्य इकाई केन्द्र, वडा नम्वर १ को खोलीकोट आधारभुक्त समामुदायीक स्वास्थ्य इकाई केन्द्र, वडा नम्बर ४ को भुर्ने सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा सबै कर्मचारी करार रहेकोले सबैको करार म्याद थप नभए पछि बन्द छन् । त्यस्तै वडा नम्बर ५ को आधारभुत्त स्वास्थ्य केन्द्र जेरा र वडा नम्बर ३ को मिगु सामुदायीक स्वास्थ्य इकाई केन्द्र समेत बन्द रहेका प्रशासकिय अधिकृत शाहीले बताए ।
पालिकाले करार सेवाका कर्मचारीहरुको सेवा थप गर्ने बारे निर्णय भएको छैन । पालिका अध्यक्षले मौखिक रुपमा स्वास्थ्य संस्था जानु भनेको भन्ने सुन्नमा आएको छ । तर करार सेवा थपको निर्णय नभएसम्म कर्मचारीहरुले नजाने भने पछि स्वास्थ्य संस्था बन्द अवस्थामा रहेका पालिका एक कर्मचारीले बडिमालिका खबरलाइ बताएका छन् ।
बिहीबार स्वामीकार्तिक खापर गाउपालिका १ की कार्तिका बिकलाई सुत्केरी व्यथा लागे पछि आफन्तले फयाल गाउ स्वास्थ्य ईकाई केन्द्र पुगाए । स्वास्थ्य सस्थामा कर्मचारी नहुदा घर फिर्ता लिदा बिच बाटौमै सुत्केरी भएकी छन् । कार्तिका एक उदाहरणको पात्र मात्र हुन । स्वाथ्यकर्मीको करार म्याद थप तथा स्वास्थ्यकर्मी व्यबस्थापन नगर्दा पालिकाका स्थानियले सामान्य उपचारबाट समेत बन्चित बनेको स्थानिय बलबहादुर बिकले बताए ।
स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था नियमित जानु भनेको बताए । पालिकाका करार कर्मचारीहरुको कार्य सम्पादन मुख्याङ्कनका आधारमा म्याद थप गर्ने नगर्ने निर्णय हुने बताए । राम्रो काम गरेकाहरुलाई करार म्याद गर्ने र नराम्रो काम गर्नेको म्याद थप नगर्ने पालिकाले निर्णय लिने बताए । तत्काल सबैलाई नहटाएको अध्यक्ष रोकायाले बताए ।
फयालगाउ आधारभुक्त स्वास्थ्य केन्द्र र जेरा आधारभुक्त केन्द्रमा करारमा कर्मचारी नियुक्ती गरेर बैर्थिङ सेन्टर नै संचालनमा थिए । यो साउन महिना देखी करार म्याद थप नगरेपछि त्यहाँ गर्भवती महिलाहरुलाई समस्या भएको छ । साउन पहिला नजिकै ब्रर्थिङ सेन्टर हुदा त्यस्तो समस्या थिएन । तीनीहरु बन्द भएपछि समस्य भएको स्थानियले बताए । सामान्य चेक जाँच गर्न पनि दुई तिन घण्टा हिडेर स्वास्थ्य चौकी तथा निजि मेडिकल धाउने गरको छन् ।

चर्चामा

सम्बन्धित समाचार