भोजपुर — भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु भएको छ।
बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नम्बरको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले बताएको छ। दुर्घटनापछि फरार रहेका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको बताइएको छ ।