• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिससमा एमालेको एकल उम्मेद्धारी

बाजुरा जिससमा एमालेको एकल उम्मेद्धारी

  • बिहिबार, साउन ५, २०७९
बाजुरा जिससमा एमालेको एकल उम्मेद्धारी

बाजुरा– जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हाे ।

जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका,गौमुल, जगन्नाथ गाउपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी नगरपालका, स्वामीकार्तिक खापर गाउपालिका गरि २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली काँग्रेशले जितेको छ ।

खप्तड छेडेदह गाउपालिकामा अध्यक्ष नेकपा एमालेले जितेको छ भने उपाध्यक्ष नेपाली काँग्रशले जितेको छ त्यस्तै हिमाली गाउपालिकामा अध्यक्ष नेपाली काँग्रेशले जितेको छ भने उपाध्यक्ष नेकपा एमालेले जितेको छ ।

बुढीनन्दा नगरपालका प्रमुख नेकपा एमालेले जितेको छन भने उपप्रमुखमा स्वातन्त्र उम्मेद्धारले जितेका छन । स्वतन्त्र उम्मेद्धारलाई नेकपा एमालको समर्थनमा जितेका हुन । स्वतन्त्र उम्मेद्धारको नेकपा एमालेलाई समर्थन रहेको छ ।

जम्मा १८ जना मध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली काँगेस पक्षका रहेका छन् । साउन ५ गते दिउसो १ बजेसम्म मनोनय दर्ताको समय तालिका बनाएको भएपछि नेकपा एमालेले मात्र उम्मेद्धारी दर्ता गराएको र नेपाली काँग्रेशले उम्मेदारी नै नदिएको मुख्य निर्बाचन अधिकृत्त माधबप्रसाद घिमिरेले बताए ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछि सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेद्धारी दर्ता गराएका छन् ।

त्यसै गरि महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विकले उम्मेदारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत्तको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका ९ वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहको असार २३ गते पहिले नै निर्बाचन सम्पन्न गरिएको छ । बुढीगंगा नगरपालिकाको स्थानिय निर्बाचन असार २३ गते सम्पन्न पश्चात असार ३२ गते कार्यपालिकाको निर्बाचन सम्पन्न भएको पत्र प्राप्त पछि साउन २ गते जिल्ला समन्वय समितिको निर्बाचनका लागि कार्यतालिका सार्बजनिक गरिएको थियो ।

साउन ५ गते उम्मेद्धारी दर्ता गरि साउन ६ गते उम्मेद्धारको बिरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

त्यस्तै साउन ७ गते उम्मेद्धारको नामावली प्रकाशन र उम्मेद्धारले नाम फिर्ता लिने तालिका छ भने साउन ८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन, उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गरिने र निर्बाचन हुने कार्यतालिका रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार