• होमपेज
  • राजनीति
  • बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

  • बुधबार, साउन ४, २०७९
बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

धनगढी — १४ वर्षकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान छुटेका छन्। उनी २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन्।

वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो। वडाध्यक्ष रिहा भए पनि किशोरी भने सेफ हाउसमा छिन्। गत असार १९ गते हेटौंडामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन आएकी कैलाश– ९ को कालिका माविकी विद्यार्थीले आफूलाई वडाध्यक्षले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

वडाध्यक्ष धरौटीमा रिहा हुँदा उनलाई फूलमालाले स्वागत गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार