आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • समाज सेवकको परिभाषा के हो?

समाज सेवकको परिभाषा के हो?

  • बुधबार, साउन ४, २०७९
समाज सेवकको परिभाषा के हो?

सुरेशकुमार पान्डे — हुन त मलाई कसैको निजी भबिश्य सँग खासै सरोकार छैन,प्रत्येक ब्याक्तिका आ आफ्ना बिचार हुन्छन आ आफ्ना उदेश्य हुन्छन त्यसबारे केही भन्नु पनि मुनासिव नहोला।तर यो समाज सेवकको नाम आउँदा बित्तिकै खुल्दुली लाग्छ।हामिले परदेशको जिवनमा यही काम गरेको भयरपनि हुनसक्छ यो शब्द सँग हाम्रो घनिष्ट सम्बन्धछ।यो भनेर मैले आफुलाई समाज सेवक भन्न खोजेको होइन कुनै ब्याक्तिले आफुलाई के भन्छ त्यो प्रमुख बिषय पनि हुन सक्दैन बरू समाजले उस्लाई कुनरूपमा चिनेकोछ बुझेकोछ त्यो प्रमुख बिषय हुन सक्छ।कसैलाई नराम्रो दृष्टीले न हेर्ने सबैलाई राम्रो बाटो देखाउँने र आफ्नो परिश्रम गरेर परिवार पाल्ने पनि अहिलेको अबस्थामा कुनै समाजसेवकभन्दा कमहोइन।
मेरो आफ्नो बुझाईमा समाज सेवक भनेको निस्वार्थ रूपमा अविरल अथक सामाजिक काममा खटिनुहो।यो वास्तविक रूपमा कुनै वुजुर्वा राजनीतिक पार्टीले गर्न सक्ने काम होइन।तर बिभिन्न पार्टीमा यस्ता त्यागी ब्याक्तिहरू पनिछन त्यसैले गर्दा जनताको केही समर्थनपनि पाएका हुन्छन।
“समाज सेवा”भन्दा बित्तिकै समाजलाई अध्यायन नगरि बुझ्न सकिदैन।समाज बिभिन्न खाले जाती धर्म र भाषाभाषी पुरूष र महिंलाहरूको जमातहो।हामिले हेर्ने उत्पिडित दमित समाजमा उपक्षित भयका तिरस्कार भएका गरिब असाय श्रमजिविहरू हुन यो ठुलो संख्यामाछ। त्यसकारणले आजको पुँजि प्रधान समाजमा हामिले चाहेर पनि यो जमातलाई न्याय दिन सकिरहेका छैनौं।त्यसैले अहिले समाज सेवकको उपाधी लिनेहरू पुंजिवादी मूल्य र मान्यताको तुला बाट जोखिएका हुनसक्छन।वास्तबिक रूपमा समाज सेवक को हो भने जस्ले यो बर्गको लागी आजिवन खर्चियो र कुनै पद प्रतिष्ठा लोभ लालचमा परेन र निरन्तर उत्पिडित दमित बर्गको सेवामा जिवन बितायो त्यो ब्याक्ती समाज सेवामा पुरस्कारको हकदार हो र हुन्छ तर पुँजि प्रधान समाजमा त्यस्ता ब्याक्तीहरू उपक्षित हुन्छन।यहाँ सयौ जनालाई ठगेर गौशालामा एकभारी घांस बोकेर गयो भने त्यो पनि समाज सेवक भन्निन्छ।
जर्मन दार्शनिक कार्ल मार्क्सले र फ्रेड्रिख एंगेल्शले जिवन भरी गरिव श्रमजिवि बर्गको हितका लागी भनेर कसैले गर्न नसकेको काम गर्नु भयो त्यो थियो ‘बर्गशंघर्ष’कुनै एकजाना गरिब दुखिलाई धन पैसा दिएर त्यसको घर जम गरेर के हुन सक्छ?सम्पूर्ण गरिब ज्यामी सर्वहारा बर्गको हितमा सबैलाई साझा बाटो देखाएका छन।बर्गसंघर्श द्वारा पिडित बर्गले आफ्नो हक हित स्वायम लिन सक्छ।
यदी एउटालाई धनिगराएर सबैको समस्य समाधान हुनेथियो भने नेपालमा कुनैपनि उत्पिडित दमित रहने थिएन।हामिले त थुप्रै गरिब भनौदालाई पनि मन्त्री बनायौं तर केभयो?प्रष्टैछ।
वास्तबिक रूपमा बिदेशमा बसेका खास गरेर भारतमा बसेका तमाम श्रमजिवी बर्गहरूलाई बाटो देखाउँने काम मूलप्रवाहले गर्दै आएकोछ।यो कुरा मैले किन भन्छु भने म आफै पनि करिव चालिस बर्ष अखिल भारत नेपाली एकता समाजमा सेवा गरेको हुँ।हामिले कसै बाट एक कप चिया पनि नपिएर ठुला ठुला समाजमा भईपरी आएका घटनाहरूको छिनोफानो गर्थ्यौँ।
त्यो वेला कसैलाई यो कुन पार्टी सँग सम्बन्ध राख्छ वा कुन बर्गको ब्याक्तिहो त्यो पनि नसोधेर मानवता को नाताले वा एउटा नेपालीको नाताले पनि हामिले उस्को रेखदेख गरियो।जँहा जस्लाई अन्याय अत्याचार हुन्छ”मूलप्रवाह”त्यँहा पुग्छ।वास्तबिक रूपमा भारतमा नेपालीहरूको लागी अबिभावक रक्षक जे भनेपनि नेपाली एकता समाजहो त्यसैले त्यो सामाजिक संगठनहो।तर सामाजको सेवा गरेर सधै कार्यक्रताले लगानि लगाएर अरूलाई नेता बनाएर उनिहरूले संसदमा पुगेपछी आर्को बाटो छोप्छन यो सत्य हो।त्यस कारणले कुनैपनि बर्गिय राजनीतिमा लागेर आफ्नो बर्गको हितमा जिवन बिताएका लागी वास्तिबक रूपमा समाज सेवक भन्नुपर्छ।केही बर्ष समाज सेवा गरेझैं गरेर मन्त्रीमा हामफाल्ने हरू समाजिक अवसरबाद हुन।उनिहरूले गर्दा सच्चा सामाजिक कार्याक्रता जस्ले जिवनका अमूल्य समय नेक कामको लागि खर्चियो त्यो अहिले पनि उपक्षित छ।
धनी वर्ग त असाय उत्पिडितनै हुंदैन तर एउटा भ्रष्टचारीले हजारौंलाई ठगेर एक दुई लाख कुनै धर्मशाला लाई दियो भने वा कुनै पार्टीलाई चुनाव जित्न सहयोग गय्रोभने वा कुनै धार्मिक बखेडा खडा गय्रो भने उस्लाई समाज सेवकको सम्मान दिने गरिन्छ।
यो वास्तबिक रूपमा समाज सेवा प्रति गरेको उपहाश हो भनेर मेरो बुझाईछ।

चर्चामा

सम्बन्धित समाचार