• होमपेज
  • बडिमालिका
  • बडिमालिका २ मा बुढिगंगा नदिले कटान गरी ४ घर भत्किए

बडिमालिका २ मा बुढिगंगा नदिले कटान गरी ४ घर भत्किए

  • बुधबार, साउन ४, २०७९
बडिमालिका २ मा बुढिगंगा नदिले कटान गरी ४ घर भत्किए

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा बुढिगंगा नदिले कटान गरी ४ घर भत्किएका छन । मंगलबार राति अबिरल बर्षासंगै बुढिगंगा नदिको बहाफ बढेसंगै ४ ओटा घरको आगन सम्मै बुढिगंगा नदिले कटान गरी भत्किएको नेपाल पत्रकार महासंघ बाजुराका सह सचिव  गंगाराज पण्डितले जानकारी दिएका छन ।
तलतिर रहेका सबै खेतहरु समेत बगाएर घर सम्मै पुगेर घरहरु भत्काएर बगाएको पण्डितले बताए । उनका अनुसार गंगराज पण्डित र अम्मराज पण्डितका घर पुणर् रुपमा बगाएर लगेको र चन्दराज पण्डित र लक्षि पण्डितको घर आदा बगाएको बताएका छन ।
खेत बगाइरहेको खवर पश्चात राति नै स्थानियको सहयोगमा गाई गोरु बाख्राहरुलाई निकालेर जंगल लगिएको भए पनि घरमा रहेको केही समान ओसार्न नपाउदै बगाएको अम्मराज पण्डितले बताए ।
क्षेतीको विबरण के भयो भन्ने बिषयमा प्रहरीको टोली घटना स्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताएका छन । जिल्ला बाट प्रहरीको टोली घटना स्थल पुग्न लागेको प्रहरी प्रमुख थापाको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार