आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • क्रिस्टल प्यालेसमाथि युनाइटेडको जित

क्रिस्टल प्यालेसमाथि युनाइटेडको जित

  • बुधबार, साउन ४, २०७९
क्रिस्टल प्यालेसमाथि युनाइटेडको जित

काठमाडौँ — प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ ।

मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

प्रि-सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाइटेड लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार