बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षको करार

बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षको करार

  • बुधबार, साउन ४, २०७९
बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षको करार

बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बायर्न म्युनिखबाट ४ वर्षका लागि अनुबन्ध गरेको छ । सो करारको मूल्य ५ करोड युरो रहेको बताइएको छ ।

३३ वर्षीय खेलाडीको जर्मन च्याम्पियनसँग अझै १ वर्षको करार बाँकी रहेको थियो । तर, गत मे मा नै उनले आफ्नो बायर्नसँगको यात्रा सकिएको उद्घोष गरेका थिए ।

अनुबन्धको प्रक्रिया पुरा भएसँगै उनी अमेरिकाको भ्रमणमा रहेको बार्सिलोना टोलीसँग सहभागी हुन पुगेका छन् । अन्ततः म यहाँ छु, बार्सिलोना आउन पाउँदा खुसी छु, उनले भनेका छन् । उनले आफूलाई सधैँ ला लिगामा खेल्न मन लागेको सुनाए ।

गत सिजन बायर्नलाई लगातार १० औँ लिग उपाधि जिताउने क्रममा उनले ४६ खेलमा ५० गोल गरेका थिए । उनले क्लबका लागि ३७४ खेलमा ३४४ गोल गरेका छन् । क्लबको सर्वाधिक गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन् ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार