बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाका १०१ जना करार कर्मचारीको म्याद थपिएन

बुढिनन्दा नगरपालिकाका १०१ जना करार कर्मचारीको म्याद थपिएन

  • मङ्लबार, साउन ३, २०७९
बुढिनन्दा नगरपालिकाका १०१ जना करार कर्मचारीको म्याद थपिएन

बाजुरा — बुढिनन्दा नगरपालिकाकाले साउन १ गतेबाट करारमा कार्यरत १०१ जना करार कर्मचारीको म्याद थप गरेको छैन । कामका आधारमा भन्दा पनि राजजैतिक आस्थाका आधारमा कर्मचारी भर्ति गरिएकोले करार कर्मचारीहरुको म्याद थप नगरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहोराले बताए । नगरपालिकाकाे आन्तरिक श्राेतले धान्न नसकिने भएका कारण करारमा रहेका कर्मचारीकाे म्याद थप गर्न नसकेकाे नगर प्रमुख बाेहराले बताएका छन ।
नगरको श्रोत दुरुपयोग गर्नु भन्दा नगरपालिकाका समग्र नागरिकको जिवनका आधारभुत्त आवश्कतालाई परिपूर्ति गर्नु मुख्य लक्ष रहेको बताए । निर्बतमान मेयर पदम गिरीले निर्बाचनको समयमा सेवारत कर्मचारी भन्दा पनि पार्टीका कार्यकर्ता भर्ति गरिएकोले कार्यपालिकाको बैठकबाटै म्याद थप नगर्ने निर्णय गरिएको प्रमुख बोहोराले बताए । २०७४ को स्थानिय तहको निर्बाचनमा नेपाली काँग्रेशले जितेको बुढीनन्दा नगरपालिकामा २०७९ बैशाख ३० गतेको निर्बाचनमा नेकपा एमालेले जितेको छ ।
पालिकाको आन्तरिक श्रोत कम छ । निश्चित साधन स्रोत भएको पालिकामा पालिकाको स्रोतको क्षेमता भन्दा बढी करार कर्मचारीहरु भर्ति गरेर नगरपालिकाको बिकास भन्दा पार्टीका कार्यकता भर्ति गर्ने थलोका रुपमा प्रयोग हुदै आएको थियो । अव त्यसो हुदैन आवश्यकताका अधारमा मात्र कर्मचारीहरुलाई ब्यवस्थामप गरिने बताएका छन् ।
यता समाजिक संजालमा नेपाली काँग्रेश नेता कार्यकर्ताले आफु अनुकुलका कर्मचारीको करार म्याद थप नगरेको राजैतिक आधारमा हटाएको आलोचना गरेका छन् भने नेकपा एकाले सर्मथक नेता कार्यकर्ताले नगर कार्यपालिकाले गरेको निर्णय स्वागत योग्य भएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार