शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराले जिल्ला समन्वय समितिमा गर्यो नाम सिफारिस

एमाले बाजुराले जिल्ला समन्वय समितिमा गर्यो नाम सिफारिस

  • आइतवार, साउन १, २०७९
एमाले बाजुराले जिल्ला समन्वय समितिमा गर्यो नाम सिफारिस

बाजुरा–नेकपा एमाले बाजुराले जिल्ला समन्वय समिति ९ जनाको नाम सिफारीस गरेको छ । ९ पालिका मध्ये ६ स्थानिय तह एमालेले जिते सँगै बाजुरा जिल्ला समन्वय समिति एमालेको हुने भएको छ ।
नेकपा एमाले जिल्ला कमिटिले समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया र उपप्रमुखमा सिफारिस लाक्षु सार्कीको नाम सहित ९ जनाको नाम सिफारीस गरेको छ ।
प्रमुखमा गौमुल ६ का तुलसीराम रोकाया, उपप्रमुखमा जगन्नाथ ६ लाक्षु सार्की, खुला सदस्यमा बुढिगंगा नगरपालिका ६ का हिक्मत बहादुर थापा, बुढिनन्दा ६ का मनराज भण्डारी र स्वामिकार्तिक ५ का लाल बहादुर महताराको नाम सिफारीस गरेको हो ।
महिला सदस्य खप्तडछेडेदह बाट कल्सु देवी रावत, हिमाली २ कि कल्धरा बुढा र बडिमालिका ५ कि लक्ष्मी बुढा साउँदलाइ सिफारीस गरेको हो । त्यस्तै बित्रेणी बाट दलित महिला सदस्य रम्बा देवी वि.क गरि ९ जनाको नाम सिफारीस गरेको छ । जिल्ला समन्वय समिति प्रमुख उपप्रमुख गरि ९ जनाको हुने गरेको छ ।
बुढिगंगा नगरपालिका, बडिमालिका नगरपालिका, बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिका प्रमुख उपप्रमुख एमाले जितेको छ । खप्तडछेडेदह गाउँपालिकामा प्रमुख र हिमाली गाउँपालिका उपप्रमुख एमालेले जितेको छ । त्रिबेणी नगरपालिका र स्वामीकाकार्तिक खापर गाउँपालिका प्रमुख उपप्रमुख काँग्रेसले जितेको छ । त्यस्तै खप्तडछेडेदह गाउँपालिकामा उपप्रमुख र हिमाली गाउँपालिका प्रमुख काँग्रेसले जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका निकाल्ने तयारीमा रहेको निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार