शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • नगरप्रमुख बानियाँद्धारा बुढीगंगा १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

नगरप्रमुख बानियाँद्धारा बुढीगंगा १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • शनिबार, असार ३२, २०७९
नगरप्रमुख बानियाँद्धारा बुढीगंगा १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

बाजुरा– बुढीगंगा नगरपालिका १ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले असार ३१ गते सनीबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।
यो भन्दा पहिला घर भाडामा लिएर कार्यालय संचालन गरिएको थियो । वडाको आफ्नै भवन बने पछि सेवा ग्राहीलाई समेत सेवा दिन सजिलो हुने भएको वडा अध्यक्ष रणबहादुर थापाले बताए ।
बुढीगंगा नगरपालिकाका १ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा संचालन भएको उदघाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख रामबहादुर बानियाँ रहेका थिए । कार्यक्रमको बिशिष्ट अतिथि नगर उपप्रमुख माया खड्का कुवर, वडा अध्यक्षहरु लगाएतकाे उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बानियाँले यो सुरुवाति हो यसरी सबै नगरपालिकाका १० वटै वडा चाडै सम्पन्न गरेर नगर बासीलाई सेवा दिने बताएका छन् । असार २३ गते सम्पन्न निर्बाचनबाट नवनिर्बाचित मेयर बानियले आफूले निर्बाचनमा गरेको घोषण पत्रको आधारमा नगरपालिकाको बिकासमा अगाडी बढ्ने बताए । आफुलाई कुरा भन्दा पनि काम गर्नु पर्ने बिषयमा समयलाई यथित गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार