बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को नतिजा भदौभित्र आउने

कक्षा १२ को नतिजा भदौभित्र आउने

  • शनिबार, असार ३२, २०७९
कक्षा १२ को नतिजा भदौभित्र आउने

काठमाडौं — कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘म आएदेखि समयभित्रै नतिजा सार्वजनिक गर्दै आएको छु । यो वर्ष पनि हुन्छ । त्यसरी हेर्दा भदौ कट्दैन ।’ परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण केन्द्रमा जम्मा गरेर परीक्षण थालिएको उनको भनाई छ ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार