सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के ट्रष्टहरूलाई अनुदान दिनुलाई यो वेला जायज भन्नसकिन्छ?

के ट्रष्टहरूलाई अनुदान दिनुलाई यो वेला जायज भन्नसकिन्छ?

  • शनिबार, असार ३२, २०७९
के ट्रष्टहरूलाई अनुदान दिनुलाई यो वेला जायज भन्नसकिन्छ?

सुरेशकुमार पान्डे — देशभित्र बिकासको नाउमा तुहिन चढेर बिध्यार्थी पाठशाला पुग्छन,अहिले बर्षाको वेलामा कयौं ठाउमा झोलङ्गे पुल समेत छैन।आयश्रोत भनेको नेपाली जनताले तिरेको कर र प्रवाशि नेपालीहरूले आफ्नो पसिना र रगतको बद्लामा पठाएको रेमिटेन्सीहो।आर्को आयश्रोत भनेको बिदेशीले दया गरेर वा आफ्नो स्वार्थ पुरागर्न दिएको अनुदान नामक सहयोगहो अरू केहीछैन।
देश गरिबी रेखाको तलछ र आर्थिक टाट पल्टाईको कगारमा छ यो अबस्थामा मन्त्रीहरूले आ आफ्नो आफन्तीको नाममा खोलिएको टरष्टलाई दिने सहयोग कहांसम्म जायजहो?
कस कसले लिए भन्नुभन्दापनि यो जायज हो कि होइन सवाल यँही मात्रैछ।यहां अहिले अरूलाई भन्दापनि राजमोलाई बढी प्रहार गरेको देखिन्छ।त्यसो हुनुमा साहिद जनताको उमिदको एकमात्र पार्टी राजमो भयकोले पनि हुनसक्छ।किन भने अरू पार्टीहरूले जति भ्रष्टचार गरेपनी उनिहरूको चरित्रनै भ्रष्टचारीहो भनेर बुझेका जनताले राजमो बाट ठुलो उमिद र आशा राखेकाले पनि सकेसम्म राजमो सधै चोखो रहोस् भनेर हुनसक्छ।तर सबैले आ आफ्नो ट्रष्टको लागी अनुदान लिंदा राजमोले त्यो प्रगतिसिल सांस्कृती अभियानका वा संग्राहलयका (एक प्रकारको त्यो पाठशालानैहो जंहाबाट कयौंले शिक्षालिई रहेकाछन।)लागी केही अनुदान लिएर नराम्रो काम गय्रो भन्न पनि मिल्दैन धनभयपछि यस्ता प्रगतिसिल सांस्कृती संग्राहलयहरूको जोगेर्ना गर्नुपर्छ।
तर अहिले सम्म जनताको दृष्टीमा बेदाग रहेको राजमोलाई मुछेर अहिले सम्मको देश र जनता प्रति राजमोले दिएको योगदानलाई अनदेखी गर्नु भने हुँदैन।पियारी थापा राजमोको सभासद हुन र त्यो ट्रष्टको उनको श्रिमान संमरक्षक हुन भन्दैमा तमाम आरोप उन्कै उप्र खनाउँनु बिरोधको लागि बिरोध मात्रै गर्नु कहांसम्म उचित होला?बरू त्यो ट्रष्टले के गर्दैछ त्यो कस्कोहो त्यसबारेमा छानबिन गरेर मात्र बिरोध वा समर्थन गर्नुपर्छ।मैले यती लेख्दा कतिपय साथि हरूले मान्ननिय पियारी थापाको पक्षमा लेखेको भन्नु ओला त्यो गलत हुनेछ बरू मेरो मत ट्रष्टलाई दिने अनुदानको रकमले जहां जहां सम्बेदनसिल ठाउँछ तुहीनबाट बालबालिकाले खोला तर्छन त्यसता ठाउँहरूमा पुलको ब्यबस्था गर्नुपर्छ भन्ने भनाईहो।
सवाल कस कसले कुन कुन ट्रष्टको लागी आर्थिक सहयोग लिए भन्नुभन्दा पनि यतिवेला देशको आर्थिक कुन ठाउमा धेरै आबस्याकता छ त्यसबारे ध्यान दिनुपर्छ।प्रदेश सरकारले यसरी देशको रकममा प्रत्येक प्रदेशमा लुट मच्चाउँनेहो भने यो देशनै खरानी हुन्छ।सरकारले वजेटमा देश बिकासको बिषयमा छलफल गर्ने कहां पुलको कहां खानेपानीको जरूरतछ त्यँहा पुलबनाउँने खानेपानीको ब्यबस्था गर्नु पर्दथ्यो।
यतिवेला पत्रपत्रीका वा फेसबुक मिडियाहरूमा अरूलाई भन्दा राजमोलाई बढी प्रहार गरिएकोछ।जसले जिवनभरी देश र जनताको लागी शंघर्ष गर्दै आएकोछ त्यही पार्टीलाई यसरी बद्नाम गर्नुभन्दा बरू ब्यापक छानबिन गरेर दुधको दुध पानीको पानी हुनेथियो।तर पनि मेरो आफ्नो नितान्त निजी बिचार भने यो यि ट्रष्टहरूमा बांडफांड गरेको रकमले कुनै पुलहरू र कतै खानेपानीको वा बाटोको ब्यबस्थापनमा खर्च गर्दा बढी राम्रो हुनेथियो।हामि एउटा क्रान्तिकारी पार्टीका ब्याक्ति नेता कार्यक्रता भएपनि पुँजिवादी बुजुर्वा समाजभित्र को संसदिय ब्यबस्था भित्र बसेकाछौं हामिले मात्र सहयोग नलिएर त्यो रकम जनतालाई सहयोग दिन सक्छौ भन्नुपनि मुर्खताहो किन कि जो रकम हामिले लिंन्नौ त्यो रकमलाई अरूले जगेडा सम्झेर बांडफांड गर्छन तर जनताको हितमा खर्चिने छैनन्।हामिले सकेसम्म भ्रष्टचारको बिरोध गर्नुपर्छ भन्ने हामिसबैको जिज्ञासा हो कृपया मुहार पुस्तिकामा पनि सहि र सत्य के हो त्यसबारे बुझेर लेख्दा राम्रोहोला।यती धेरै सम्वेदनसिल बिषयलाई पनि बिरोधका लागी बिरोध र समर्थनका लागी समर्थन गरेर आपसमा भिड्नु भन्दा यसलाई गहन छानविन गरेर सत्य र तत्थ्यको खोजी गर्नुपर्दछ।हामीले सधैभरी गलतलाई सहि र सहिलाई गलत प्रमाणित गर्न खोज्दा त देशको यस्तो दुरगती भयो।
फेरीपनि हामी लेखक,बुद्धिजिवी र पत्रकारहरूले सहि बिष्लेषण गर्न नसक्नु र आ आफ्ना पार्टीको पक्षलियर लेख्नु गलत हुन्छ।अहिले हामी त्यो बुजुर्वा संमरचना भित्रछौं जहां बिना पैसाको जहर पनि पाइदैंन।प्रत्येक मानिसमा स्वर्थ सुख सुभिदाको चाहाना हुन्छ।तर एउट क्रान्तिकारीले सक्या सम्म आत्म त्याग गरेर समाजको सेवा गर्ने प्रयात्न गर्दैछन।उनिहरूलाई होस्ला दिनुको सट्टा भ्रष्टचारी सँग एउटैघानमा हालेर पेल्ने प्रयात्न गर्दैछन।

चर्चामा

सम्बन्धित समाचार