सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • खाेक्रा खम्बाहरु

खाेक्रा खम्बाहरु

  • शुक्रबार, असार ३१, २०७९
खाेक्रा खम्बाहरु

जनक बि सि

१९९0 मै साेभियत संघले कम्युनिस्ट सिद्धान्त छाडयाे
वर्ग संघर्षकाे ठाउँमा वर्ग समन्वय, नाैलाे जनबादकाे नाममा बहुदलीय “जनबाद” मान्याे ।

१९९0 पछिकाे इतिहास निर्माण हुँदै जादा खाेक्रा कम्युनिस्टहरुकाे सुत्रपात भयो ,
खाेक्रा कम्युनिस्टले प्रशासन चलाउँदै जादा नाैलाे जनबादि क्रान्तिमाथि बदनाम गराउनु सम्म गरायो ।

हामीले चाहेकाे वर्ग संघर्ष नाैलाे जनबादि क्रान्ति सिद्धान्त अनुरुप लडाइँमा छाै,
खाेक्रा खम्बाहरु “जनबाद” काे नाममा हतियार उठाउँछन उनि कम्युनिस्ट हाेइनन “उग्र ” बामपंथी हुन भनेका छाै ।

नेपाली कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी आए , रायमाझी कम्युनिस्ट पार्टीलाई बुझाउन “दरबार” गए ।

२0२८ सालमा “झापालि” हरु कम्युनिस्ट नाममा झापाबाट उँदाए ,
झापामा ९ मैनाकाे नानीलाई खुकुरीले काटेर फाल्दा “सामन्त” मारेको नाममा रमाए ।

२०३६ सालमा राजाको शाषनमा बिद्रोह हुदै जादा बहुदल र निर्दलकाे नाममा राजाले जनमत संग्रह गराए,
निर्दलकाे नाममा राजाले सामन्तहरु किनेर आफ्नो अभिमत ल्याए ।

२0३६ साल कहाँ टिक्याे र २0४६ सालकाे जन्म हुनै पर्‍यो ” राजा” राजा मै रहेर सिमित खाँले बहुदल दिनै पर्‍यो ।

सिमित खाँले बहुदल पाउदा खाेक्रा खम्बाहरु र दलालहरु रणभुल्ल पर्‍यो ,
राजाबाट सार्बभौमसत्ता सत्ता जनतामा हस्तान्तरण गराै भन्दा “राजा” लाई मरेको बाघ सम्झयाे ।

२0५२ सालमा माओवादकाे नाममा उग्रवामपन्थी गतिविधि आयो
१७000 हजार जनता मारि दक्षिणपन्थी अबशरबादमा बदलियाे ।

२0५२ सालकाे चाैघेरामा २0५९ माघ १९ काे दिन “राजा” कु गरेर कालाे रातदिन आयाे ,
माओवादकाे नाममा उग्रवामपन्थी भडकाव र “राजा” काे कु बिरुद्ध १९ दिने आन्दोलन गर्नु पर्‍यो।

जनतन देशमा गणतन्त्र आएको छ तर १९९0 पछिकाे कम्युनिस्ट साेभियत संघकाे प्रतिक्रान्तिले खाेक्रा खम्बाहरुलाई अस्थाई रुपमा मजबुत पारेको छ ।

उठाै सारा किसान ज्यामि मजदुर मिलि ठाेकाै कम्युनिस्ट नामका खाेक्रा खम्बाहरु ,
वर्ग संघर्ष तिलान्जलि दिनेहरु कम्युनिस्ट हाेइनन भनि ।

चर्चामा

सम्बन्धित समाचार