गजल!

  • मङ्लबार, असार २८, २०७९
सेयर गर्नुहोस् :
गजल!

घांसीसँग लिई प्ररेणा शंघर्शगर्न सरेका थिए,
भानुभक्तले गहन बिचार बिमर्श गरेका थिए।

असार पच्चिस विस.१८७१मा जन्मिएपछि,
अश्विन छे गते वि .स.१९२५मा मरेका थिए।

पहाडको अति वेश ठाउँ तनहुँमै उदाए पछि,
आदी कविले साहित्यिक बिचार छरेकाथिए।

पाए उनैले राष्ट्रिय बिभूतीको सम्मान समेत,
धार्मिक पथमापनि उनैले उडान भरेका थिए।

आज भन्दा दुईसो सात बर्ष पहिले जन्मिदा,
चुँदी रम्घा तनहुँबाट हिंडी सिमा तरेका थिए।

एउटा घांसीले पनि बनाउँदा पाटी पौवा यहाँ,
म कसो नसकुला भनि शंघर्ष मै झरेका थिए।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार