मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रदेश सरकार देशभित्र एउटा रोग बनेर आयो!

प्रदेश सरकार देशभित्र एउटा रोग बनेर आयो!

  • मङ्लबार, असार २८, २०७९
प्रदेश सरकार देशभित्र एउटा रोग बनेर आयो!

सुरेशकुमार पान्डे — संघियता अफाब सिद्ध हुंदापनि सरकारले किन जोगाएर राख्नु परेकोछ?नागरिकहरूको बिरोध हुंदापनि सरकारले संघियतालाई जोगाउँनुको कारण केहो?संघियतालाई जनताले कुनैपनि कालखण्डमा माग गरेनन् फेरी पनि देशभित्र चोरढोका बाट भित्राउँनुमा कस्को हातछ?यि र यस्ता कयौं प्रश्नहरू अहिले जनताको मनसपटलमा घुमेकैछन।
जति वेला आठ दलको अन्तरिम सरकारले संघियता भित्रायो त्यो वेला मदेशीहरूले आन्दोलन गरिरहेका थिए।आठ दलको सरकारले मधेसीहरूको आन्दोलनलाई सम्बोधन गर्दै यो संघियतालाई भित्राउँदा बित्तिकै नेकपा मसाल र राजमोले यसको बिरोध र भण्डा फोर्ड गर्न थाल्यो त्यो वेला साम्बावित राजमो नै देशको पहिलो बैधानीक पार्टीहो जसले संघियताको बिरोध गरेको थियो।त्यो वेला त जातिय आधारको संघियताका कुराहरू आएका थिए भने मदेशी दलको माग त एक मधेश एक प्रदेशको थियो।
यदि त्यो वेलामा एक मधेश एक प्रदेश भएको भए अहिले सम्म हाम्रो देशबाट तराई छुट्टीसकेको हुनेथियो।
संघियता अन्तरिम सम्बिधानमा प्रवेश भएपनि सम्बिधान निर्माण हुनेवेला सम्म त्यसले ब्यापक छलफल हुने मौका पायो त्यसैको परिणाम जातिय आधारको संघियता र क्षेत्रि आधारको संघियता हुन सकेन यो ऐतिहाशिक श्रेय मात्र राजमोलाई जान्छ।
त्यसपछि थुप्रै पार्टीहरूले संघियताको बिरोध गर्दै आएकाछन खास गरेर संघियताको बिरोध राजावादीहरूले पनि गर्न थालेपछि राजमोलाई राजावादीको आरोप पनि लागेको थियो।अहिले देशभित्रका कयौं राजनीतिक पार्टीहरू,संग संगठनहरू समेतले संघियताको बिरोध गर्दै आएकाछन।त्यो वेला कथित ज्वालासिहँ गुटले कामरेड चित्रबहादुर केसीलाई धम्कि दिनेर होलमा बम बिस्फोट समेत गराएका थिए।
संघियता देशमा भित्रिनु वा त्यसको मागहुनु भन्दा पहिले अन्तरिम सरकारले नागरिकता बिधायकलाई खोकलो पारेर लाखौं भारतियहरू प्रवेश भयकाथिए।उनिहरू देशभित्रियपछि नै देशमा संघियताको माग गरेर मधेशबादीहरूले आन्दोलन चलाएका हुन।त्यस कारणले संघियता नेपालीहरूको मागनै होइन भन्नेकुरा प्रष्ट हुन्छ।
संघियता आफैमा खराब होइन तर संघियतामा जाने नेपालको कुनैपनि कारण थिएन।त्यसकारणले देशले बिनाकारण यो महंगो साशन ब्यबस्था लागु गरेर देशलाई कंङ्गाल पार्दै लगेकोछ।
यि सातै प्रदेशलाई बिघटन गरेर एकत्मक राज्यब्यबस्थामा स्थानिय स्वास्त्ता वा अधिकार दिएर बिकास गर्न सकिन्छ।यो ब्यबस्था खर्चिलो हुंदा हुंदै हाम्रो देशको लागी खतरनाक प्रमाणित हुनसक्छ।नेपाल एउटा सानो देश जसलाई सुगौली सन्धिले काटेर साउँरो मात्र पारेकोछैन देश अर्द ओपनिवेसिक अबस्थामा समेत पुरायो।
दुबै बिशाल देशको माझमा एउटा थोरै जन संख्या भयको र आर्थिक हिसावले पनि गरिब देशलाई संघियता जस्तो रोग भिराएर बिस्तारै देशको अर्थब्यबस्था चौपट पार्ने र असफल देश साबित गर्ने शड्यन्त्र भएकैछ।
यस्तो जटिल अबस्था हुंदाहुंदै सरकारमा पुगेका ठुला ठुला दलका नेताहरूले झन साम्राज्यबादलाई भित्राउँनै लगातार एक पछि आर्को शड्यन्त्र गर्दै आएकाछन।बिदेशको दलाली गरेर कमिसन खाने र देशलाई बिदेशीहरूको रङ्गशाला वा युद्धको अखाडा बनाउँन तल्लिनछन।
देशको आर्थिक आ आफ्ना बाउ बाजेको नाउमा ट्रस्टहरू खोलेर आर्थिक टाट पल्टाइमा योगदान पुराएकाछन कसैले संसदभित्रको सिसि केमार तोड्फोड गर्ने कसैले देशको आर्थिक आफ्नै बाउ आमाको नाउमा जम्मा गर्ने यो भन्दा बढी भ्रष्ट के हुन सक्छ?
हाम्रो देशलाई आर्को श्रिलंका बनाउन यि गद्धार मन्त्रीहरू लाई परेकाछन।यो सबै भ्रष्टचारको जननि देशको संघिय ब्यबस्थाहो यो रोग संघियता अबिलम्बन खारेज गर्नुपर्दछ र देशलाई दोस्रो श्रिलंका बन्न बाट जोगाउँनु पर्छ।

चर्चामा

सम्बन्धित समाचार