शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • खराब ब्याटिङले नेपाल नामिबियासँग पराजित

खराब ब्याटिङले नेपाल नामिबियासँग पराजित

  • मङ्लबार, असार २८, २०७९
खराब ब्याटिङले नेपाल नामिबियासँग पराजित

काठमाडौँ — आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

सोमबार राति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसँगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो। २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए । देव खनालले ३४, कुसल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४, आदील आलम र सोमपाल कामी समान १० रन जोडे ।

यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्यमा पेभेलियन फर्किए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१, गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २, करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ। नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार