शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दक्षिण अफ्रिकाको एक बारमा गोली हानाहान, १४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक बारमा गोली हानाहान, १४ जनाको मृत्यु

  • सोमवार, असार २७, २०७९
दक्षिण अफ्रिकाको एक बारमा गोली हानाहान, १४ जनाको मृत्यु

एजेन्सी — दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। शनिबार–आइतबारको मध्यरात घटना भएको र बिहान प्रहरीलाई खबर गरिएको प्रहरीले बताएको छ।

प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो। अस्पताल लगिएको ११ जनामध्ये थप २ जनाको मृत्यु भएको थियो। घटनास्थलमा भेटिएको गोलीका अवशेषले आक्रमणकारी भीडमै रहेको देखाएको प्रहरी अधिकृत इलियास मावेलाले बताए। प्रहरीले सम्पूर्ण क्षेत्र सिल गरेर घटनाको अनुसन्धान भइरहेको छ।

घटनास्थलमा उपस्थित केही प्रत्यक्षदर्शीले राति एक बजेतिर मिनिबस ट्याक्सीमा सवार केही व्यक्तिको भीड बारमा पुगेर गोली चलाउन थालेको बताए। गोली चल्नेबित्तिकै भागदौड मच्चिएको तिनले बताए। आक्रमणको कारण भने हालसम्म खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार