मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • आइतवार, असार २६, २०७९
गजल!

खै मानिसमा किन अभिमान हुनेगर्छ,
जसमा कलाको भारी खदान हुनेगर्छ।

देश र जनताप्रती अमूल्य प्रेम देख्दा,
उनि भित्र देशभक्तको मुहान हुनेगर्छ।

हुन्छ अमूल्य लगन हुन्छ प्रेम जस्को,
उसैभित्र विवेक ज्ञान प्रधान हुनेगर्छ।

जस्ले जता बनाएपनि ता क्रम थलो,
देशको सन्तान देशको शान हुनेगर्छ।

घमण्डले कसैलाई हुँदै हुँदैन फाइदा,
मात्र यही समाजबाट कटान हुनेगर्छ।

अबस्य हुन्छ थोरै धेरै प्रतिभा सबैमा,
कसैको बढी समाजमा रटान हुनेगर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार