बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • देश
  • श्रीलंकाका राष्ट्रपति गोटाबाया राजीनामा दिने

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजीनामा दिने

  • आइतवार, असार २६, २०७९
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजीनामा दिने

एजेन्सी — श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका छन्। श्रीलंककाका संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका हुन्।

प्रदर्शनकारीहरूले शनिबार बिहान गोटाबाया राजापाक्षेको घरमा तोडफोड गरेका थिए। त्यसपछि साँझ अबेर उनले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए। यसअघि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका थिए। प्रधानमन्त्री विक्रमासिङ्घेले भने शनिबारै राजीनामा दिइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार