बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • गाडी दुर्घटनामा परेर बाजुराका पूर्व सभासद पेम्बा गुरुङ घाइते

गाडी दुर्घटनामा परेर बाजुराका पूर्व सभासद पेम्बा गुरुङ घाइते

  • शुक्रबार, असार २४, २०७९
गाडी दुर्घटनामा परेर बाजुराका पूर्व सभासद पेम्बा गुरुङ घाइते

बाजुरा — नेकपा एमालेका नेता तथा बाजुराका पूर्व संविधान सभा सदस्य पेम्वा गुरुङ भोटे गाडी दुर्घटनामा परेर घाईते भएका छन् । धनकुटाको भेडेटारमा भोली हुन लागेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश नम्बर १ को विस्तारित बैठकमा सहभागी हुन जाने क्रममा सिन्धुलीको भिमानमा गाडी दुर्घटनामा परेर गुरुङ घाइते भएका हुन् । गाडीमा सवार नेता गुरुङसहित नेकपा एमालेका नेताहरु पुर्ब मन्त्री कृपासुर शेर्पा, माननीय गोकुल घर्ती, र देबराज राई चढेको गाडी सिन्धुलीको भिमानमा दुर्घटना भएको थियो ।

गाडी दुर्घटनामा परेर घाईते भएका उनीहरुलाई थप उपचारको लागि हेलिकप्टर बाट काठमाडौ लैजाने तयारी भईरहेको छ । घाइतेहरु खतरा मुक्त रहेको बताईएको छ । शुक्रबार काठमाडौंबाट सुनसरी जाँदै गरेको बा २ च ९००३ ल्याण्डक्रुजर गाडी सिन्धुलीको भिमानमा दुर्घटना भएको हो । दुर्घटनामा एमाले पोलिटब्युरो सदस्य कृपासुर शेर्पासहित चार जना घाइते भएका छन् । घाइते शेर्पाको अवस्था सामान्य रहेपनि अन्य तीन जना पेम्वा तामाङ, गणेश थापा र देवराज राई गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलले  बताए ।

चर्चामा

सम्बन्धित समाचार