बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको मृत्यु

बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको मृत्यु

  • शुक्रबार, असार २४, २०७९
बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको मृत्यु

धनगढी — बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ न्वाघरस्थित बालकृष्ण माध्यमिक विद्यालयका शिक्षक तथा लेखापाल नरबहादुर साउदको मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो। एक महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा मृत्यु भएको साउदका आफन्तले बताएका हुन्।

चर्चामा

सम्बन्धित समाचार