बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका बिशेष
  • बाजुराको बुढिगंगामा दश प्रतिशत मत खस्यो

बाजुराको बुढिगंगामा दश प्रतिशत मत खस्यो

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
बाजुराको बुढिगंगामा दश प्रतिशत मत खस्यो

बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान ७ बजे देखी सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान हुदा यो समाचार तयार पारुन्जेल दश प्रतिशत मत खसेको मुख्य निर्बाचान अधिकृतको कार्यालयले जनाएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूणर् वातावरणमा चुनाव भइरहेको बताएका छन । अहिलेसम्म शान्तीपूणर् मतदान भईरहेको डिएसपी थापाले बताए ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार