• होमपेज
  • क्रिकेट
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको सामना गर्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको सामना गर्दै

  • मङ्लबार, असार २१, २०७९
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको सामना गर्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार