बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • वुढीनन्दा नगरपालिकाले मासिक ६ हजार भत्ता दिने भनिएका खेताला र हेराला को हुन ?

वुढीनन्दा नगरपालिकाले मासिक ६ हजार भत्ता दिने भनिएका खेताला र हेराला को हुन ?

  • सोमवार, असार २०, २०७९
वुढीनन्दा नगरपालिकाले मासिक ६ हजार भत्ता दिने भनिएका खेताला र हेराला को हुन ?

बाजुरा — बाजुराको वुढीनन्दा नगरपालिकाले खेताला र हेरालालाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरी नगरपालिकाले मासिक भत्ता दिने भएको हो । खेताला र हेराला भनेका असारमा धान रोपाईका बेला पानी लगाउने र खेतको रेखदेख गर्ने ब्यक्तीलाई खेताला र हेराला भन्ने गरिन्छ । सुदुर पहाडको खेताला र हेरालाराख्ने प्रथा रहेको छ । उनिहरुको पेशालाइ जोगाई राख्न र हाैसला प्रदान गर्नसम्मान स्वरुप भत्ता दिने ब्यवस्था गरीएको छ । यसले गर्दा एकातिर खेताला प्रथाको संरक्षण हुने र अर्का तिर कामको पनि सम्मान हुने बुढिनन्दा नगरपालिकाले जनाएको छ ।
दिन, रात, घाम, पानी नभनि खेताला लागेका स्थानियलाई यस अघि खेतमा पानी हाले वाफत अन्न दिने गरीए पनि अव भने मासिक भत्ता पाउने नगरपालिकाको भनाइ रहेको छ । खेतमा पानी लगाउने स्थानियलाई बाजुरामा खेताला भन्ने गरीएको छ भने वालि संरक्षण अथवा रेखदेख गर्नेलाई हेराला भन्ने गरीन्छ । गाउँ भरीका स्थानिय एक ठाउँमा भेला भएर ईच्छुक ब्यक्तिलाई छनोट गरी खेताला र हेराला राख्ने चलन छ ।
बुढिनन्दा नगरपालिकामा विशेष गरी असार, साउन, भदांै, असोज र कार्तिक गरी पाचँ महिना धान रोपाई देखि भित्र्याउने समय सम्म खेताला राख्ने चलन छ भने वर्ष भरी हेरचाहा गर्ने गरी हेराला राखिन्छ । गाउँमा खेताला राख्ने चलनले धान रोपाईका वेला पानीको सहजता हुने, आलोपालो गरी रोपाई गर्न सकिने र स्थानियलाई दैनिक खेतमा पानी लगाउन सहज हुने बताईएको छ । वालि नालिको संरक्षण हुने, पशुचांैपाया र जंगली जनावारबाट जोगाउन सकिने हुदा हेराला राख्ने परम्परा छ ।
खेताला र हेरालाको कामको मुल्याकंन गरी प्रोत्साहन स्वरुप मासिक ६ हजार भत्ता दिने नगरपालिकाको निति तथा कार्यक्रममै उल्लेख भएको वडा नं तिनका वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले बताएका छन । नगरपालिकामा अहिले कार्यविधि र डाटा संकलन कार्य भईरहेकोले साउन एक गते भत्ता दिने निति लागु गरीने उनले बताएका छन ।
खेताला र हेरालालाई मासिक भत्ता दिन वार्षिक ३ लाख १९ हजार वजेट विनियोजन भएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन । खेताला र हेराला भनेर नयाँ स्थानियलाई नियुक्ति नगर्ने, गाउँ, टोलमा यस अघि देखि काम गर्दै आएका स्थानियलाई नै प्राथमिकता दिईने बोहराले बताएका छन । जुन जुन ठाउँमा जो सुकैले काम गर्दै आएका छन, तिनै स्थानियलाई प्रोत्साहान स्वरुप भत्ता दिने र यदि काम गर्दै आएको ठाउँमा कसैको मृत्यु भएको छ भने मात्रै अर्को ब्यवस्थापन गरीने नगर प्रमुख बोहराले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार