शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • हायसले ठक्कर दिँदा एक जनाको मृत्यु

हायसले ठक्कर दिँदा एक जनाको मृत्यु

  • मङ्लबार, असार १४, २०७९
हायसले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं — कोटेश्वरमा हायसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले पैदलयात्रुलाई ठक्कर दिएको हो।

ठक्करबाट स्याङजाको थेलचुङका ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ। दुर्घटनामा रामेछाप नगरपालिका वडा ६ घर भएका हायसका सहचालक २३ वर्षका विमल सुनुवार घाइते भएका र चालक फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार