शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • अनौठो सडक : जहाँ गाडीले होइन सडक आफैले हर्न बजाउँछ !

अनौठो सडक : जहाँ गाडीले होइन सडक आफैले हर्न बजाउँछ !

  • सोमवार, असार १३, २०७९
अनौठो सडक : जहाँ गाडीले होइन सडक आफैले हर्न बजाउँछ !

काठमाडौं — विश्वमा सबैभन्दा धेरै मृत्युको कारणको रुपमा सडक दुर्घटना रहेको छ । तीव्र गति, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था, गाडीको प्राविधिक कमजोरी लगायतका विभिन्न कारणले हुने सडक दुर्घटनाका कारण हुने मृत्युमा वर्षेनी बढोत्तरी भैरहेको छ । सडक दुर्घटना कम गर्नका लागि सरकारहरुले पनि विभिन्न उपाय अपनाउने गरेका छन् ।

पहाडी तथा घुमाउरा सडकहरुमा पर्याप्त सडक सूचना, चालकहरुको सतर्कता तथा घुम्तीहरुमा हर्न बजाउने गर्नाले केही हदसम्म दुर्घटना कम हुनसक्दछ । घुम्तीहरुमा यदि गाडी चालहरुले समयमै हर्न बजाएर विपरित दिशाबाट आउँदै गरेको गाडीलाई सूचना दिएभने अर्को गाडीको चालक पनि सतर्क हुने र गाडीहरु ठोक्किने जोखिम कम हुन्छ । चालकले समयमै हर्न नबजाएकै कारण दुर्घटना नहोस् भन्नका लागि भारतमा एउटा यस्तो सडक बनाइएको छ जहाँ सडक आफैले हर्न बजाउँछ ।

पहाड तथा उपत्यकाको घुमाउरो सडकहरुमा गाडीहरु ठोक्किएर हुने दुर्घटना कम गर्नका लागि हिन्दुस्तान पेट्रोलियम तथा लिओ बर्नेटले विशेष अवधारणा विकाश गरेको हो । त्यसमा गाडीले हर्न बजाउनुको साटो सडकले नै हर्न बजाउने सिस्टम राखिएको छ ।

भारतको जम्मु काश्मीर जोड्ने राजमार्ग एनएच १ मा सबैभन्दा पहिले यो प्रविधिको विकास गरिएको हो । जम्मु काश्मीर उपत्यकामा निकै घुमाउरो सडक भएको हुँदा दुर्घटनाको उच्च जोखिम छ ।

त्यसैले राजमार्गमा हरेक घुम्तीहरुमा दुबैतर्फ स्मार्ट लाइफ पोलहरु राखिएको छ । गाडीहरु उक्त पोलको नजिक पुगेपछि सडकमा जडित सिस्टमले आफै हर्न बजाउन थाल्दछ । यसले अर्कोतर्फबाट आइरहेका चालकहरुलाई सचेत बनाउँदछ ।

उक्त प्रविधि जडान गरेपछि त्यस क्षेत्रमा हुने दुर्घटनामा निकै कमी आएको बताइएको छ । यो प्रविधिको सफलतासँगै भारत सरकारले यसलाई देशका अन्य सडकमा पनि जडान गर्ने सोँच बनाएको छ । एजेन्सीको सहयोगमा ।

चर्चामा

सम्बन्धित समाचार