शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टिमा आकस्मिक प्रसुति सेवाका लागि नगरपालिकाद्धारा चिकित्सकको व्यबस्थापन

कोल्टिमा आकस्मिक प्रसुति सेवाका लागि नगरपालिकाद्धारा चिकित्सकको व्यबस्थापन

  • आइतवार, असार १२, २०७९
कोल्टिमा आकस्मिक प्रसुति सेवाका लागि नगरपालिकाद्धारा चिकित्सकको व्यबस्थापन

बाजुरा — कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवाको लागि चिकित्सकको व्यबस्थापन गरेको छ । नगरपालिकाले दक्ष आकस्मिक प्रसुति चिकित्सक तथा तालिम प्राप्त डा. प्रमण नेपाललाई नियुक्ति गरेको नगर प्रमुख जनक कुमार बोहोराले वताएका छन् ।
चिकित्सक सँगै एनेथेसियाको पनि व्यबस्थापन गरेको बोहोराले वताए । थोरै केही व्यबस्थापन गर्न बाँकि छ, त्यो व्यबस्थापन हुने बित्तिकै चाडै सेवा सञ्चालनमा आउने बोहोराले वताए । नगरप्रमुख विजयी भएपछि स्वास्थ्य सुधारका लागि योजना र काम भइरहेको छ । चिकित्सकको व्यब्स्थापन सँगै चाडै सेवा सञ्चालनमा आउने ढुक्क रहेको नगरप्रमुख बोहराले वताए ।
यो आर्थिक बर्षमा सेवा सञ्चालनका लागि ५४ लाख ३ हजार रकम परिवार स्वास्थ्य महासाखा बाट निकाशा भएको थियो । यो बर्ष पनि सञ्चालनमा नआएर रकम फिर्ता हुने अबस्थामा थियो, अब नगरप्रमुखले चिकित्सक व्यबस्थापन गरेपछि अब सेवा सुचारु हुनेमा ढुक्क रहेको स्थानिय प्रदिप राज जैशीले वताए । यो बर्ष भन्दा पहिला देखी नै बजेट आउथ्यो सेवा सञ्चालनमा नआएर बजेट फिर्ता हुने गरेको थियो । आर्थिक बर्ष ०७५।०७६ साल देखी लगातार सेवा सञ्चालनका लागि रकम आइरहन्छ, तर सञ्चालनमा नआएर फिर्ता हुने गरेको स्वास्थ्यकर्मीले वताएका छन् ।
आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि परिवार स्वास्थ्य महासाखाले आर्थिक बर्ष ०७५।०७६ मा २० विनियोजन गरेको थियो । त्यस्तै ०७६।०७७ मा ३० लाख बिनियोजन भएपनि सञ्चालन नभएर रकम फिर्ता भएको स्वास्थ्य सहसंयोजक आमेजंग शाहिले वताएका छन् ।
आर्थिक बर्ष ०७७।०७८ मा ४९ लाख रकम विनियोजन भएको थियो । २०७८ साल जेठ देखी मंसिर सम्म डा. अशोक प्रसाद खनाललाई नियुक्ति गरेको थियो । खनाललाई मासिक २ लाखले तलब दिएको भएपनि सेवा सञ्चालन नआएर तलब खाएर फिर्ता भएका थिए । ४९ लाख मध्ये १० लाख तलबमा खर्च गरेको बाँकि रकम भने अघिल्लो आर्थिक बर्षमा फिर्ता पठाएको थियो ।
एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको छ । बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको छ ।
सेवा सञ्चालन नआउदा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा लिन आएका मध्ये २८ जनालाई रिफर गरेको थियो । २ सय ४९ जना महिलाले भने त्यहि सेवा पाएका थिए । बाजुारमा पछिल्ला तीन वर्षमा बाजुरामा ८ जना सुत्केरीले समयमै उपचार नपाएर ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक छ । मृत्यु भएका ८ जनामध्ये ६ जनाकोे स्वास्थ्य संस्थामा, एकजनाको घरमा र एक जनाको धनगढी लैजाँदै गर्दा बाटामो मृत्यु भएको थियो ।
आर्थिक बर्ष ०७६।०७७ मा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहिलाई उनलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । उनले ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका र डा. शाहि बिच तलबमा कुरा नमिल्दा उनले जाखिर छोडेर नेपालगञ्ज गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार