शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • कतिपय नेतानै देशलाई खरानी पार्न आतुरछन।

कतिपय नेतानै देशलाई खरानी पार्न आतुरछन।

  • आइतवार, असार १२, २०७९
कतिपय नेतानै देशलाई खरानी पार्न आतुरछन।

सुरेशकुमार पान्डे — अहिले फेरी नागरिकता बिध्याक ल्याउँने सरकारको तैयारी हुँदैछ।नेपालमा जतिवेला नयाँ नेताले सरकारको नेतृत्व गर्छ त्यो-त्यो वेला नागरिकता बिध्यायक ल्याउँछन।बिगत ओलिको सरकारमा नागरिकता बिध्यायक खोकलो भयो अंगिकृत नागरिकले नागरिकता पाउंने जस्ता खोकलो बिध्यायक कै कारणले धेरै मान्छे छिमेक बाट भित्रिन सक्छन भनेर सर्वोच्चले रोक लगायो।त्यो पुसको पाँच गते पछिको ओलिले गरेको मनोमानीमा नागरिकता बिध्यायक अगाडी सारेका थिए।ओलिले भारतको खुलेआम गरेको दलाली पछिनै कांग्रेसको नेतृत्वमा गठभन्धनले सत्ताको बागडोर छोपेकोहो।सर्वोच्च अदालतले परमादेश जारिगरेर कांग्रेसलाई नेतृत्वमा पांचदलिय गठबन्धनलाई सत्ता सम्हाल्न आदेश जारिगरेपछी ओलि सत्ता च्युत भयका हुन।
ओलिको मनोमानी र उन्ले अप्नाएको प्रतिगामी बाटोको ब्यापक बिरोध गर्दै गठबन्दनले सत्ता सम्हालेकोहो।त्यो वेला देशको चुच्चे नक्सा र एम सीसीको बारेमा देशभरी हल्ला बोलेको अबस्था थियो।ओलिको प्रतिगामी कदमको बिरोध गर्दागर्दै सरकारमा पुगेपछी शेरवहादुर देउपाले पनि त्यही पाइला चालेकाछन।
देशको चुच्चे नक्सालाई संसदको सर्वसहमत बाट पारित गरिएको हो जसलाई पाठ्यापुस्तकमा सामिल गर्न त्यो वेला ओलि सरकारले रोक लगायो त्यसपछि त्यो न्यूटलमाछ।एम सीसिलाई देउपाको गठबन्धन सरकारले पारित गरिसकेकोछ।अब अहिले नागरिकता बिध्यायकले फेरी देशमा हामफालेकोछ।शेर बहादुरको नेतृत्वमा बनेको परमादेशको सरकारले फेरी राष्ट्रघाती नागरिकता बिध्यायक ल्याउन सक्ने कुरा उनैको बिचार नेपाली जञैहरूले पनि नागरिकता पाउंने भन्ने बिचारले छर्लङ्ग पारेकोछ।
पटक पटक भनिरहनु नपर्नेहो तर पनि सरकारको गलतनीतिको त बिरोध गर्नै पर्दछ।नेपाल भुगौलीक रूपमा दुई ठुला ठुला देशको माझमा रहेको सानो र एउटा भूपरिवेष्ठित देशहो जहांको जन सङ्ख्या तिनकरोडको हारा हारीमाछ।जन सङ्ख्याको हिसावे हाम्रो देश धेरै कम्जोरछ दुबै देशको जन संख्याकै हिसाबले पनि दक्षिण एसियाकै ठुला देशहुन।हाम्रो उनै दुई ढुङ्गाको तरूल जस्तै चपेटमा परेको देशलाई उनिहरूको देश बाट थोरै जनता हाम्रो देशभित्रिनेहो भने देश फिजी बन्छ र त्यो पछि सिक्किम बन्छ।खास गरेर यो प्रकृयामा भारत लागि परेकोछ।भनिन्नछ “घरको भेदी लङ्का ढाये”हाम्रो देशका नेताहरूको कम्जोरीले गर्दा छिमेकीले देशमा रजांई गर्दै आएको कुरा कसैबाट लुकेकोछैन।
एउटा स्वतन्त्र देश फिजीलाई आज मिनी इन्डिया भन्निन्छ त्यँहा एकपटक भारत हरियाणा बासी महेन्दर चौधरी राष्ट्रपति भयका थिए।त्यो एउट स्वतन्त्र देश राम्रो बिकास भयको देशले इंखको खेती गर्ने उदेश्यले भारत सँग एउटा सम्झौता गरेर पांच सए जना माली आफ्नो देशमा लग्यो जसले त्यहाँ उंखुको राम्रो उत्पादन गरे र त्यही प्रकारल वेला वेलामा किसानहरू फिजीमा जानथाले त्यो प्रकृया रोकिएन फिजिका जनताले भारतिय जनताप्रती सङ्का गरेनन् र अघात बिस्वास गरेका थिए तर बिस्तारै फिजीमा भारतियको बहुमत भयो।अनि त्यो मिनी इन्डीया बन्यों।सिक्किम एउटा आर्को स्वतन्त्र देशहो त्यहां नेपालीहरूको बहुमत थियो।त्यहांका जनताले राजा च्वोग्यलको साशनबाट मुक्त हुन चाहान्थे।भारतिय नागरिकहरू त्यहांका जनताको बिचमा घुसेर उनिहरूकै भाषामा राजतन्त्रको बिरोध गर्न पुगे।तिनीहरूले सिक्किममा जनतन्त्रको बहालीका लागी मुख्य बाधक बिदेशी भनेर पहिले त्यहा बाट धेरै पहिले देखुन बसोबास गरेका नेपालीहरूलाई खेद्न लगाए।सिक्किमको राजलाई वेला वेलामा सन्धि र सम्झौता गर्दै अधिकार सुन्य बनायो।भारतले आफ्ना एजेन्ट पठाएर लेण्डुव दोर्जेलाई आफ्नो जालमा फसायो आफ्नै पार्टीहरूको दुइफाड गराएर उनैको बिचमा प्रतिसप्रधा गरायो अनि संसदबाट एउटा बिलजस्तै देशलाई एकको बिरूद्ध एकत्तिस मतले देशलाई भारतमा लैजाने निर्णय गरायो।
हाम्रो देशका दलाल नेताहरूले पनि ठिक त्यही गर्न खोजेकाछन।पटक पटक नागरिकता बिधायक लाई खोकलो पारेर देशलाई फिजीको बाटो सिक्किममा पुराउँने शड्यन्त्रनै हो।हाम्रो देशमा खोकलो नागरिकता बिध्यायक बनाउनेहो भने धेरै दिन लाग्दैन हाम्रो देश भारतिय नक्सामा एउटा प्रान्तको ठाउँ पाउँनेछ।सरकारमा बसेकाहरूले नेपाली जनतालाई बिभिन्न कारणमा मराउँने र देशलाई बिदेशको हवाला गराउँने सुपारी खाएका हुन सक्छन।यो देश जनताको एकताले मात्र जोगाउन सक्छ।
जुनसुकै सरकारले राष्ट्रघाती बिध्यायक अगाडी सारेपनि यो देश जनताकोहो र यसको रक्षागर्ने जिम्मेवारी र कर्तव्य पनि जनताको कांधमा आएकोछ।

चर्चामा

सम्बन्धित समाचार