बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • ७२ लाख रुपैयाँ पर्ने यो हो संसारकै महँगो सिरानी !

७२ लाख रुपैयाँ पर्ने यो हो संसारकै महँगो सिरानी !

  • आइतवार, असार १२, २०७९
७२ लाख रुपैयाँ पर्ने यो हो संसारकै महँगो सिरानी !

राम्रो निद्रा हाम्रो स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । राम्रो निद्रा पर्नका लागि ओछ्यान पनि गतिलो हुनुपर्दछ । सिरक, डसनादेखि सिरानीसम्मको गुणस्तर र प्रकारले निद्रामा प्रभाव पार्दछन् । तपाईंले कपासदेखि फाइबरसम्मका अनेक आकार प्रकारका सिरानी देख्नुभएकै होला । तर के तपाईंले ७२ लाख रुपैयाँ मूल्य पर्ने सिरानी देख्नुभएको छ ?

नेदरल्याण्डमा उत्पादन गरिएको उक्त सिरानी संसारकै महँगो सिरानी हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै एकजना फिजियोथेरापिस्टले उक्त सिरानीको डिजाइन गरेका हुन् ।

उक्त सिरानी तयार गर्नमा पूरै १५ वर्ष लागेको थियो भने त्यस विषयमा विभिन्न अनुसन्धान समेत गरिएको थियो ।

संसारकै महँगो यो सिरानीको मूल्यचाहिं ५७ हजार डलर अर्थात् करिब ७२ लाख रुपैयाँ पर्दछ ।

यो सिरानीको भित्र भरेको कवाल रोबोटिक मिलिङ मेसिनले भरेको हो । यो सिरानीको चेनमा ४ वटा हिरा जडान गरिएको छ भने एउटा निलम पनि जडित छ । यो सिरानीलाई एउटा ब्राण्ड बक्समा प्याक गरी बेचिन्छ ।

अनिद्राको समस्या भएका मानिसहरू यो सिरानीमा मज्जाले निदाउन सक्ने शोधकर्ताको भनाइ छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार