बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • लागु औषध दुरुपयोग तथा आसारपसारले ब्यक्तिको स्वाथ्य देखी समाजलाई असर हुन्छ : खड्का

लागु औषध दुरुपयोग तथा आसारपसारले ब्यक्तिको स्वाथ्य देखी समाजलाई असर हुन्छ : खड्का

  • आइतवार, असार १२, २०७९
लागु औषध दुरुपयोग तथा आसारपसारले ब्यक्तिको स्वाथ्य देखी समाजलाई असर हुन्छ : खड्का

बाजुरा– बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले लागु औषध दुरुपयोग तथा ओसार पसारको कुलतमा फस्ने ब्यक्तिको स्वास्थ्य देखी पारिवारिक तथा समाजलाई नै असर पर्ने भएकोले यसलाई रोक्न सबैले लाग्नु पर्ने बताए ।
लागु औषधको कुलतमा फस्ता स्वाथ्य, शिक्षा लगाएका क्षेत्रमा पूर्ण असर पर्छ भने समाजमा हिंसाका घटनाहरु बढी हुने हुदा यसको नियन्त्रणमा सुरक्षा निकाए र अन्य सरोकारवालाहरुले लाग्नु पर्ने बताए । लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अभियानमा बडिमालिका नगरपालिका यसको अग्रसर भूमीकामा रहेने बताए ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा आईतबार बिहान सदरमुकाम मार्तडीमा आयोजित लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हिंसाका घटनामा न्यूनिकरण तथा स्वस्थ्य समाज निर्माण गर्न लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध सबैले साथ दिनु पर्ने बताए ।
यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न समाज र सरोकारवालाहरुको अहम भूमीका हुने हुँदा सबैले एक्यबद्धता भएर सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
आईतबार बाजुरा सदरमुकाम मार्तडीमा आयोजित कार्याक्रम प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।
कार्याक्रममा जनप्रतिनिधि, राजनैतिकदलका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको कार्याक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र बिष्टले गरेका थिए । कार्यक्रम जिल्ला प्रशासनबाट प्रभात फेरि सहित बजार परिक्रमा गरेर खुलामन्चमा कोण सभा गरेर समापन गरिएको थियो ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार