शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाले ल्यायो २८ करोड १७ लाख ८५ हजारको बजेट

जगन्नाथ गाउँपालिकाले ल्यायो २८ करोड १७ लाख ८५ हजारको बजेट

  • शनिबार, असार ११, २०७९
जगन्नाथ गाउँपालिकाले ल्यायो २८ करोड १७ लाख ८५ हजारको बजेट

बाजुरा– जगन्नाथ गाउँपालिकाले आगामीक आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष मरुकला विष्टले आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले २८ करोड १७ लाख ८५ हजारको बजेट ल्याएको उनले बताईन् ।

११ औँ गाउँसभामा प्रस्तुत बजेटको अध्यक्षता गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले गरेका थिए । गाउँपालिकाले कृषि विकास तथा पशु सेवा कार्यक्रम तर्फ सम्भाब्यताको आधारमा रु २९ लाख ४५ विनियोजन गरेको छ । शिक्षा तर्फ सर्शत अनुदानमा आएको रकम सोही बामोजिम खर्च हुने गरी विनियोजन गरिएको छ ।

त्यस्तै शिक्षा क्षेत्रका लागि ३ करोड २७ लाख ८८ हजार, स्वास्थ्य तर्फ सर्शत अनुदान २ करोड ७२ लाख, संकृति प्रर्वद्धन तर्फ १५ लाख, खेलकुद क्षेत्रको विकासका लागि ८ लाख, समावेशीकरण तर्फ ६ लाख ८० हजार, पूर्वधार विकास अन्तरगत सडक निर्माण तथा मर्मतका लागि ८० लाख विनियोजन गरेको छ ।

त्यस्तै सिँचाईको आवश्यकतालाई मध्येनजर गरी ३० लाख, अन्य सार्वजनिक निर्माण तर्फ ३ करोड ६० लाख, प्रकोप व्यवस्थापनका लागि १५ लाख, भैपरि आउँने पुँजिगतका लागि ३ करोड ७८ लाख ५३ हजार विनियोजन भएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

May be an image of textNo description available.No photo description available.

चर्चामा

सम्बन्धित समाचार