मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिकाकाे बजेट ४३ करोड ३ लाख ३४ हजार

बुढीनन्दा नगरपालिकाकाे बजेट ४३ करोड ३ लाख ३४ हजार

  • शनिबार, असार ११, २०७९
बुढीनन्दा नगरपालिकाकाे बजेट ४३ करोड ३ लाख ३४ हजार

बाजुरा– बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेको छ । नगर सभाको सातौँ अधिवेशनमा उपप्रमुख राम बहादुर बोहराले ४३ करोड ३ लाख ३४ हजारको बजेट सार्वजनिक गरेका हुन् ।

१६ करोड ३५ लाख चलु तर्फ र नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमा ११ करोड ९८ लाख विनियोजन गरिएको छ । नगरपालिकाले सरकारबाट सर्शत अनुदान तर्फ ८० लाख, राजश्व बाँडफाँड तर्फ ९ करोड ३८ लाख २८ हजार, प्रदेश सरकार वित्तीय समानीकरण तर्फ ८५ लाख ६९ हजार र प्रदशे सरकार राजश्व बाँडफाँडतर्फ ६४ लाख २४ हजार ९४ लाख विनियोजन गरेको छ ।
त्यस्तै विषेश समपुरकतर्फ ६० लाख २४ हजार र नगरपालिकाको आन्तरिक श्रोततर्फ २ करोड १७ लाख ३० हजार ४ सय ५० विनियोजन गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

सातौ नगर सभाले नगर पालिकाको ५०५ बजेट शिक्षामा लगानी गर्ने निीति अघि सारेको छ । धुलो मुक्त कक्षाकोठा कार्यक्रम, नगर भित्रका उत्कृष्ट विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन अध्यक्ष र विद्यार्थीलाई सम्मानसहित पुरस्कारको ब्यबस्था गरिने नीति ल्याएको छ ।

नगरपालिकाले प्राविधिक शिक्षा पढने हलिया, खलिया, जनजाति, मुस्लिम र बिपन्न परिवारका नगर भित्रका पाँच जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति कार्यक्रम अन्तरगत छात्रवृत्ति उपलब्ध गराउने, लोकसेवा आयोग सचेतता कार्यक्रम संचालन गर्ने, नगरभित्रका सबै विद्यालय भवन सुधार गर्ने, विद्यालय तथा शिक्षकको टेली नियमित टेलि अनुगमन गर्ने, अन्तर विद्यालय नगर प्रमुख खेलकुद सप्ताह कार्यक्रमको शुभारम्भ गरिने भएको छ ।

स्वास्थ तर्फ : नगर पालिकामा दुई वटा एम्बुलेन्स सन्चालन गर्ने, स्वास्थ नगर बासि स्वस्थ नगर भन्ने नारालाई आत्मसात गर्दै स्वास्थ सेवामा सबै नगर बासी समतामूलक पहुँच सुनिश्चित गर्न, उम्मेर पुगेका स्वयंसेविकाहरुका लागि नेपाल सरकारको सुनौलो अबकास ब्यबस्थालाई थप व्यबस्था गर्ने, नगर भित्रका जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यबस्था मिलाउने, नगर प्रमुख घर घर चिकित्सक अभियान संचालन गर्ने, नगर भित्रका गर्भवती तथा अति संबेदनसिल बिरामीलाई निशुल्क एम्बुलेन्स सुबिधा उपलब्ध गराउने, कोल्टिमा गेटा अँखा अस्पतालको अँखा उपचार क्लिनिक संचालन गर्ने, पाण्डुसैनमा आयुर्वेद औषधालय सेवा केन्द्र स्थापना गरने नगर सभाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

त्यस्तै कृषि तथा पशुपन्छीतर्फः १ सय भन्दा फलफूलका बिरुवा लगाएर र हुर्काउने लाई ५०५ अनुदानको ब्यबस्था गर्ने, नगर भित्रका जिउँला हेर्ने खेतालालाई खेताला र नोराल्य प्रोत्साहन भत्ताको ब्यबस्थापन गर्ने, जर्शी गाई पाल्ने कृषक लाई ७०५ अनुदानको ब्यबस्था गर्ने, पाण्डुसैनको उपयुक्त ठाउमा कृषि तथा पशु सेवा केन्द्र स्थापाना, नगर पालिकाभित्र उपयुक्त ठाउँमा उपयुक्त फलफूल खेती संचालन गर्ने

उद्योग तथा रोजगारतरफ: नगर भित्रमा १५० युवालाई प्रदेश सरकारसंग समन्वय गरेर सीप मुलक तालिम को व्यवस्था गर्ने, नगर पालिकाको प्रशासनिक भवन नजिकै कोशेली घर स्थापना गर्ने, साहित्य, कला र सस्कृति नगर पालिकाको आफ्नै नगर गित र लोगो निर्माण गर्ने, नगर भित्रका कला सस्कृतिको उजागर गर्न, नगर भित्रको विद्युत तथा सञ्चारलाई भर पर्दो र गुणस्तरीय बनाउने, बीस लाख भन्दा माथिको सबै योजनाहरु विद्युतिय ठेक्काबाट सम्पन गर्ने

सुचना तथा सन्चारः नगर भित्र भएका सामुदायिक रेडियो र सन्चारकर्मिको क्षमता बिकास कार्यक्रम सन्चालन गर्ने, उत्कृष्ट पत्रकार र मिडिया हाउसलाई पुरस्कारको ब्यबस्था गरिने ।वन तथा वातावरणः जन्मदिन वृक्षारोपण कार्यक्रम नगरभित्र तीन बशसम्म जडिबुटी संकलन रोक लगाईने, खानेपानी तथा सरसफाईः कोल्टी बजार लगायत नगरका सम्पुर्ण वडाको खाने पानी समस्यालाई समाधान गर्ने, महिलाब, बालबालिका, फरक क्षमता तथा जेष्ठ नागरिक क्लब गठ्न गर्ने, जेष्ठ नागरिक मिलेन केन्द्र संचालन गरिने ।

त्यस्तै खेलकुद तर्फः नगर प्रमुख कप फुटबल सन्चालन गर्ने, नगर भित्रका उत्कृष्ट खेलाडी लाई पुरस्कारको ब्यबस्था गरिने, विविधमा क्षेत्रनगर बस सन्चालन गर्ने, नगर पालिकाको डोजर खरिद गर्ने, नगर प्रमुख युवा रोजगार कार्यक्रम सन्चालन गर्ने, नगर प्रहरी भर्ना गर्ने, हेलो मेयर कार्यक्रम सन्चालन गर्ने, नगर उपप्रमुख कोसेलि कार्यक्रमलाई निरन्तरता दिईने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार