शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सेना र प्रहरीको भरमा बाजुराको रक्तदान

सेना र प्रहरीको भरमा बाजुराको रक्तदान

  • बिहिबार, असार ९, २०७९
सेना र प्रहरीको भरमा बाजुराको रक्तदान
दुर्गा भञ्ज्याङ्ग गुल्ममा जवान कृष्ण चौधरी रक्तदान गर्दै र उनले रगत दिएकि सुत्केरी सबिना बिकलाई रगत चढाइदै

बाजुरा — बडिमालिका नगरपालिका १ की सबिना बिकले अस्पताल बाजुरामा बच्चा जन्माइन् । तर उनलाइ अत्याधिक रक्तस्राब भयो, ज्यानै जोखिम बन्यो । सबिनाका आफन्तले रगतका लागि धेरै हारगुहार गरे कतै बाट रगत पाएनन् । अन्तमा सबिनालाइ सेनाले रगत दिएर उनको ज्यान जोगियो ।
सबिनालाई दुर्गा भञ्ज्याङ्ग मार्तडी गुल्ममा जवान सन्तोष बिक र प्युड कृष्ण चौधरीले रगत दिए । ७ प्वान्ट हेमोगोलोबिनको मात्र रहेकि सबिनालाइ रक्तस्राब भइरहेपछि रगतका लागि सेनाको गुहार मागेर ज्यान जोगियो । सबिना मात्र हैन् ‘जिल्ला अस्पताल बाजुरामा रगत चाहिने गर्भवती, सुत्केरी तथा बिरामी आएमा सेना र प्रहरीलाई गुहार्नको विकल्प छैन’ अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट कृष्णा पाध्याले भनिन् । ‘रगत दान गर्नुपर्छ भन्ने चेतनाकै कमी छ । रक्तसञ्चार केन्द्र नहुँदा पनि समस्या छ । रगतको आवश्यकता पर्ने बित्तिकै मान्छे बोलाएर दिनुपर्ने हुन्छ । यसले पनि सेवामा असहजता ल्याएको छ, पाध्याले थपिन् ।’
जिल्ला अस्पताल बाजुरामा जटिलयुक्त प्रसुती सेवा पनि सञ्चालनमा छ । ‘अप्रेशन गरेर कुनै महिलाको बच्चा जन्माउनु पर्‍यो भने रगत आवश्यक पर्छ । त्यसैले पहिला रगत दिने मान्छेको जोहो गरेमा मात्रै अप्रेशनको तयारी गर्छौ, अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा. मिलन जैशीले वताए । जैशीले थपे सेना, प्रहरी, स्वास्थ्यकर्मी कै भर पर्नुपर्ने अवस्था छ ।’ ‘ब्लड बैंक भएको भए यस्तो समस्या हुने थिएन् । हामीसँग रक्तदान गरेमा फाइदा हुन्छ भन्ने चेतनाको कमी र ब्लड बैंक दुवैको अभाव रहेको उनले वताए ।’
रक्त सञ्चार केन्द्रको अभावमा जिल्ला अस्पताल बाजुराको सेवालाई प्रभावकारी बनाउन नसकेको स्वास्थ्यकर्मीले वताए । बडिमालिका नगरपालिका ९ बस्ने ५१ बर्षका धन बहादुर डडाललाई रगत आवश्यक पर्दा अस्पतालमा कार्यरत डा. जस्मिता बलमपाकिले रगत दिएर ज्यान जोगाएकि थिईन् । अस्पताल बाजुरामा ९० प्रतिशत भन्दा बढी रगत सेना प्रहरीले दिने गरेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो । रेडक्रस सोसाइटिले ब्लड बैंक स्थापना गर्नलाइ डि फ्रिज समेत ल्याए, तर सञ्चालनमा ल्याउन सकेका छैनन् । अस्पतालमा ब्लोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिनुपर्ने सास्ति भोग्नु पर्ने कारण भएकाले जिल्लामा ब्लोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । बाजुरामा अत्याधिक रक्तस्राबका कारणले ८ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्थानियलाइ रक्तदान गनुपर्छ भन्ने चेतनामा समेत कमजोरी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार