शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ४ का सौरे उखेडाको परिवार बिचल्लीमा (भिडियाे सहित)

बडिमालिका ४ का सौरे उखेडाको परिवार बिचल्लीमा (भिडियाे सहित)

बस्ने बाँस छैन्, खाने गाँस छैन

  • बिहिबार, असार ९, २०७९
बडिमालिका ४ का सौरे उखेडाको परिवार बिचल्लीमा (भिडियाे सहित)

बाजुरा–बडिमालिका नगरपालिका ४ रिलाका सौरेको परिवारको परिवार बिच्चलीमा परेको छ । २० बर्ष पहिले परिवार पाल्नकै लागी भारत गएका सौरे उखेडाको परिवार अहिले समस्यामा परेको छ ।
एक महिना पहिला नेपाल आएका सौरेका ३ जना परिवारमा खान बस्न निकै समस्या परेको छ । उखेडाले परिवारलाई २० बर्ष भारतमा गएर चौकीदारी गर्दै जेनतेन परिवार पाल्दै आएका थिए । चौकीदारी गर्ने क्रममा उनले एक खुट्टा गुमाए र अर्को आँखा समेत गुमाएका थिए ।
उनको जेठो छोरा भारतमा बेपत्ता छन् । उनका ३ छोरी भारतमै बिहे गरिसकेकी छन् ।
माइलो छोराको उपचार अभाबमा भारतमा मृत्यु भयो । सौरेले भारतमा काम गर्न नसक्ने भएपछि उनि २० बर्ष पछि जन्मघर फर्किए । बिस बर्ष पहिले घर छोडेर गएका सौरे उखेडा र उनकी श्रीमती र १५ बर्षिया छोरा घर फर्किदा उनको घरको कुनै नाम निशाना समेत रहेको थिएन ।
भारतमा हुँदा खुट्टा र आँखा हुदा सम्म जेनतेन परिवार पालेकै थिए सौरले भने । आँखा र खुट्टा गुमेपछी जन्मकै ठाउँमा मर्नुपर्ला भनेर घरमा फर्किएर आए पनि सुख नभएको उनले रुदै सौरले कि श्रीमति बिस्नाले भनीन् । उनको परिवार एक महिना देखी खुला आकाशमा बसिरहेको स्थानीय शंकर उखेडाले बताएका छन । बस्ने बासनै नरहेपछि त्यस वडा कार्यालयबाट एक त्रिपाल व्यवस्था मिलाईदिएको भए पनि खाने गाँसका लागि भने कतिपय दिन भोकै बस्ने गरेको स्थानीयले बताएका छन । गाउँले बाट मागेर बिहान बेलुका छाक टारिरहेका छन् ।
बस्ने घर र बस्ने बाँस्ने अर्कोतिर बृद्ध भएका उखेडा दम्पतीलाई औषधि खाने पैसासम्म पनि नहँुदा बिरामीले थलिएका छन् । उनको १५ बर्षिया छोराको पढाई समेत बञ्चित भएको थियो । बैदेशिक रोजगारीमा गएर आफ्नो परिवार अनी भबिष्यलाई सुनौलो बनाउला भनी परिवार सहित भारत छिरेका उखेडा परिवार अहिले राहत र उद्धारका लागि मद्धत मागिरहेका छन ।
सौरेको परिवार यतिबेला गाउँमा गाँस र बासको खोजीमा रहेका छन । दुई हप्तादेखी खुला आकास र भोको पेटमा जीवन चलाईरहेका छन । २० बर्षको अन्तरालमा आफ्नै जन्मभुमि आएका उखेडको खरले छाएको छानो उजाडीएको छ भने खाने कुरा समेत केही छैन् । सौरेको उमेर ७८ बर्ष भयो उनकी श्रीमतीे उमेर ७२ बर्षकी भईन तर उनको नेपाली नागरिकता समेत छैन । पारिवारिक अबस्था कमजोर भएको हुँदा सदरमुकाम पुगेर नागरिकता बनाउन समेत नसकेको सौरे उखेडाले बताए । खुट्टा मा रड हालेकै छ तर रड निकाल्ने समय भईसकेको भए पनि आर्थिक श्रोत नुहुदा भाँचिएको बेला हालेको रड निकाल्न पाएका छैनन । उनले सहयोगको लागि अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार