शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो इन्जिनियरिङ सेवाको विज्ञापन (सूचनासहित)

सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो इन्जिनियरिङ सेवाको विज्ञापन (सूचनासहित)

  • बुधबार, असार ८, २०७९
सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो इन्जिनियरिङ सेवाको विज्ञापन (सूचनासहित)

धनगढी — सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खोलेको छ। नेपाल इन्जिनियर सेवाअन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ।

यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पद, नेपाल शिक्षा सेवा, पाँचौ तह प्राविधिक सहायक पद र नेपाल शिक्षा सेवातर्फ खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार