शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • १ महिनाका लागि १०० वटा साङ्ला घरमा पाल्नुस्, साढे २ लाख कमाउनुस् !

१ महिनाका लागि १०० वटा साङ्ला घरमा पाल्नुस्, साढे २ लाख कमाउनुस् !

  • सोमवार, असार ६, २०७९
१ महिनाका लागि १०० वटा साङ्ला घरमा पाल्नुस्, साढे २ लाख कमाउनुस् !

काठमाडौं — तपाईको घर/कोठामा साङ्ला छन् ? फोहोर तथा अव्यवस्थित बसोबासका कारण धेरैका घर, भान्सा तथा कोठामा साङ्लाको बास हुने गरेको छ ।

साङ्लाकै कारण लत्ताकपडा देखि खानेकुराहरुसम्म फोहोर हुँदा निकै दुःख पाइन्छ कहिलेकाहीँ । हामीकहाँ घरमा बस्ने साङ्लाले उल्टो क्षति पूराउँदछ । तर अमेरिकामा भने साङ्लालाई घर भाडामा दिएर पैसा कमाउन सकिने भएको छ ।

अमेरिकाको नर्थ क्यारोलिनामा एक महिनाका लागि आफ्नो घरमा साङ्ला पाल्नेलाई २ हजार डलर पुरस्कार दिइने भएको छ ।

त्यहाँ पेस्ट इन्फर्मर नामको एक किट नियन्त्रक संस्था तथा मिडिया कम्पनीले हालै एक विज्ञापन प्रकाशित गरेको छ। उक्त कम्पनीले एउटा अध्ययन गर्दैछ, जसका लागि स्वयंसेवक साङ्लापालकहरु आवश्यक परेको कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले थरीथरीका साङ्ला प्रतिरोधी उपचारको असर पत्ता लगाउनका लागि अनुसन्धान गर्न थालेको हो ।

उक्त कार्यक्रममा सहभागी हुने घरधनीले आफ्नो घरमा १ सय वटा साङ्ला राख्ने अनुमति दिनुपर्नेछ । ३० दिनका लागि शोधकर्ताहरुले ती साङ्लाहरुमाथि अनुसन्धान तथा परीक्षण गर्नेछन् । किटपतंग भगाउने विशेष प्रविधिको परीक्षण उल्लेखित साङ्लाहरुमाथि गरिनेछ र त्यस्तो विधिको प्रभावकारीताको जाँच गरिनेछ।

यति निर्धारित समयमा परीक्षण पूरा नभएमा त्यसलाई साङ्ला नियन्त्रणको परम्परागत विधिमा प्रयोग गरिनेछ, त्यसकालागि कुनै पनि रकम लिइनेछैन ।

कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ, ‘हामीले पछिल्लो २० वर्षदेखि किट नियन्त्रण गरिरहेका छौँ । अहिलेसम्म हामीलाई किराहरु भगाउने एक दुई तरिकामात्रै थाहा छ । तर जब जब प्रविधि उत्कृष्ट बन्दै जान्छ हामीपनि किराहरु भगाउनका लागि नयाँ तथा उत्तम तरिकाको खोजीमा रहन्छौँ ।’

आफ्नो परियोजनामा साङ्लामाथिको परीक्षणका लागि कम्पनीले केवल ५/७ वटा घरधनीको मात्रै खोजी गरेको हो । तर साङ्लालाई घर भाडामा दिने विज्ञापन प्रकाशित गरेसँगै इच्छुकहरुको ताँती लागेको छ । एक हप्तामै २५ सय भन्दा धेरै आवेदन प्राप्त भएको कम्पनीका मालिक डेभिड फ्लोएड बताउँछन् ।

पेरिप्लानेटा अमेरिकाना प्रजातिको अमेरिकी साङ्ला आम साङ्लामध्ये सबैभन्दा ठूलो साङ्ला हो । उक्त साङ्ला अफ्रिका तथा मध्यपूर्वबाट अमेरिका पुगेको हो । १७औँ सताब्दीमा जहाजको माध्यमबाट उक्त साङ्ला पहिलोपटक अमेरिका पुगेको हो । त्यसयता यो प्रजातिको साङ्ला अमेरिकीहरुका लागि टाउको दुखाइको विषय बनिरहेको छ । साङ्लाका हजारौँ प्रजातिहरु छन् जसले अनेक खालका रोग फैलाउने काम पनि गर्दछन् ।

वैज्ञानिकहरुका अनुसार साङ्लाहरु किटनाशक औषधि तथा विषादी प्रतिरोधी बन्दी गएको हुँदा यसको नियन्त्रण चुनौतिपूर्ण बनिरहेको छ । सन् २०१९ को एक शोध अनुसार सुपरबग साङ्लामा आम प्रयोगको बग स्प्रे तथा किटनाशकले कुनै असर गर्न छाडेको छ । उक्त साङ्लामा यस्तो विषादीसँग लड्ने क्षमता प्राप्त भैसकेको छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार