मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अमेरिकी सैनिक कैम्प बनाउँने प्रयात्न!

अमेरिकी सैनिक कैम्प बनाउँने प्रयात्न!

  • शनिबार, असार ४, २०७९
अमेरिकी सैनिक कैम्प बनाउँने प्रयात्न!

सुरेशकुमार पान्डे — नेपाल सरकारले संसद बाट एम सी सी लाई पारित गरिसकेपछि अब नेपालमा अंग्रेजि प्रसासन आउने निश्चित भएकोछ।यसको साथै अहिले सम्म असलङ्गन परराष्ट्र नीति पनि अब नरहने अबस्था देखिन्छ।
त्यसैको प्रयासमा नेपालमा अमेरिकाको उच्च सैनिकको कयौंपटक आउने जाने काम भयको थियो त्यो मात्रै होइन अमेरिकी साम्राज्यवादले आफ्नो हेलिकप्टर द्वारा कयौं पल्ट समान पनि पुराएको मिडियाहरूमा खबर आएको थियो।आखिर के थियो त्यो समान भन्ने बारे कसैलाई पनि जानकारी छैन।यही चालाहो भने हाम्रो देश र देशका जनताहरू हामी शुरक्षित छैनौँ भन्नेकुरा बुझे हुन्छ।एउटा जनताको प्रतिनिधि सासंद समेतलाई आफ्नो देश भित्र को आयो के ल्यायो अनि के लग्दैछ भन्ने बारे जानकारी पाउँदैनन् भने उनिहरूले आफ्नो क्षेत्रका जनताले सोधेपछि के उत्तर दिनेहो?के उनिहरू मात्र दलब र भत्ताका लागी सभासद भएका हुन देशको शुरक्षाको बारे जान्ने उनिहरूको कर्तव्य होइन?यस्तो प्रकारको अबस्थामा देशका जनताहरूले के बुझ्ने?हाम्रो देशमा केहुंदैछ भन्ने बारे अहिलेपनि गठबन्धन सरकारले त्यसबारेमा केही खुलाएकोछैन आखिर त्यो रहस्य केहो त्यो य त नेपालको सरकारलाई थाहाछ वा अमेरिकी सरकारलाई।
अमेरिकाको इन्डोप्यासिफिक रणनीति अङ्गहो भन्ने थाहा पाएर पनि त्यसलाई स्विकार गरेको वा संसदबाट पारित गराएको देउपा सरकारले त्यसबारे स्वांतपत्र जारि गरेर देशका जनतामा जानकारी गराउलनुपर्नेहो।किनकी यो देश त हामि सबै देशका नागरिकहरूकोनैहो।गत सरकारले एम सीसी पारित गरिसकेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामिल भैसकेकोछ।अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैनिक क्याम्पमा लैजानका लागि लगातार दवाब बढाउँदै लगिरहेकोछ।अहिले अमेरिकी सैनिकलाई भित्राउँने दश बुंदे”एसपीपी’सम्झौताको मस्यौदा अगाडी सारेकाछन।त्यो सम्झौताको बिस्रित अध्यायन गर्दा सबै अमेरिकी साम्राज्यवादको हकमा भयको देखिन्छ।अमेरीकाले नेपालमा सैनिक कैम्प बनाएर नेपालको सरकार वा प्रसासनले त्यसको शुरक्षा गर्ने र अंग्रेज हरूले आफ्नो शुरक्षाको लागी भनेर हतियार साथमा लिएर घुम्न पाउँने जस्तो छुटले देशभित्रको प्रसासनलाई उनिहरूको रखेलको रूपमा र अंग्रेजहरूलाई जेसुकै गरेपनि छुट दिएकोछ।रक्षा मन्त्रालय मार्फत सङ्गिय लोकतन्त्रिक गणतन्त्र नेपाल बिचमा उटाहा राष्ट्रिय पहेरेदार(न्यासनल गार्ड)नेपाली सेना बिच राज्यस्तरको साझेदारी बारे सहमती पत्र तैयार पारेकोछ।
सबैभन्दा पहिले त देशले एम सीसी पारित गरेर आफ्नै खुट्टामा बञ्चोरोले हानेकाछन र जनता सँग ठुलो धोखा गरेकाछन।अहिले हामिले अंग्रेज किन भित्र पस्यो भनेर कराएकाछौं कुर्लेकाछौं एम सीसी पास गर्ने भन्दा पहिले हामी कुन दुलोमा लुकेका थियौं?त्यो वेला किन एमसीसीको बिरोध गरेनौं?अहिले आन्दोलन गरेर फेरी दुइ चार हजार निर्दोश जनता वाइहातमा मराउँने अनि आफुले एम सीसी पारित गराए जस्तै फेरी अंग्रेजी प्रसासनको आडमा गयर लुक्ने त्यही हो यि दलालहरूको राष्ट्रवादी बिचार देशभक्ती अडान।देशको सौदा गर्ने र गर्न हुंदैन भन्दै जनतामा जानेर आन्दोलन गर्या जस्तै गरेर जनतालाई मराउँने यि डांकाहरूको शडयन्त्रमूलक राजनीति गतिबिधीलाई वेलैमा चिन्नुपर्छ।अहिले इमानदारी पूर्वक राजमो बाहेक अरू कुनै पार्टीले पनि एमसीसिको बिरोध गरेनन यदि गरेको भय त्यो पारितनै हुने थिएन।
जनताको हकमा भन्नुपर्दा जनताले एम सीसीको ब्यापक बिरोध गरेका थिए तर ठुला दलका नेताहरूले जनतालाई छल्न बिरोध गरेको जस्तो गरेर”नाना गर्दा गर्दै हाँ गरे”जनताका छोराहरू त्यो वेला टाउका फुटे मारिए तर नेता साम्राज्यवादको काखमा लमपसार हुनथाले।देश र जनताक सांच्चैका दुश्मन भनेका तिनै गद्धार र दलाल नेताहुन जसले पहिले टनकपुर पारित गराए,अनि सम्बिधानमा घुसाएर संघियाता पारित गराए पछि बिप्पा ल्याए त्यसपछि एमसीसीलाई पारित गराए।यिनै नेताहरूले गर्दा आज देशको अबस्था नाजुक भयकोछ।
हिंजो ओलिको सरकारले त्यो एमसीसीलाई रद्ध गर्न सक्थ्यो उनि सँग दुई तिहाई बहुमतको सरकार थियो उन्ले बिदेशी गुप्तचर बिभागको इसारामा त्यो सरकारलाई भङ्ग गराएका थिए त्यो मुद्धा चुच्चे नक्सा र एमसीसी नै प्रमुख थियो।त्यो वेला ओलिले एमसीसी पेसगर्ने पेचकस गरेको तर प्रचण्ड र स्पिकरले नमानेको भन्दै अमेरिकाको एमसीसी प्रमुख सँग बताएका थिए।उन्को योजना थियो सरकारलाई बिघटन गरेर मध्याब्दी निर्वाचन गराउँने र आफ्नो एक्लौटे बहुमत भयो भने सजिलरी त्यो पारित गर्ने तर योजना अनुसारको माहोल बन्न सकेन र उनि धरासाही भयकाथिए।
एम सीसी त यि ठुला पार्टीका नेताहरूको सल्हामा पारित भैसकेको थियो मात्र कस्ले संसदबाट पारित गराएर यसको जसलिने भन्ने तनातनी र नाटक मात्रै गरेका थिए।यि सबै साम्राज्यवादको गोटी बनिसकेका थिए।जनताको अगाडी नाटक मञ्चन गरेर त्यो एम सीसी पारित गराए।२०६८साल तिर डा.बाबुराम भट्टराई प्रधान मन्त्रिको पालामा बिप्पा भित्राएर बिदेशीहरूलाई भित्राउंने कार्ययोजनाको श्रगणेष गराएका हुन त्यो वेला विप्पा पारित नगराए देशनै’मर्ज’हुँन सक्ने बिचार अगाडी सारेका थिए।
हाम्रो देशले बिदेशीका दलाल नेताहरूलाई जन्माएर आत्मघाती प्रहार झेल्दै आएकोछ।पहिले देशका जनताले छिमेकी मुलुक भारतबाट देशलाई खतराछ भन्दै सन १९५०को सन्धिलाई खारेज गर्ने माग गर्दै आएका थिए तर त्यो माग अहिले पनि जस्ताको तस्तैछ त्यसबारेमा कुनैपनि सरकारले पहलनै गरेन बरू झन पछि झन असमान सन्धि र सम्झौताहरू गर्दै आएकाछन।जनताहरूलाई उल्लु बनाएर नेताहरूले देशको दोहन गर्न कमिसनमा छुट दिएकाछन।अहिले देशका तमाम नागरिहरूको कर्तव्य बन्छ अमेरिकी साम्राज्यावादको नेपाल भित्र सैनिक आखडा बनाउँने शड्यन्त्रको जति स्किन्छ बिरोध र भण्डाफोर्ड गर्नुपर्छ।तर देशभित्रका घरघरैका बेग्ला बेग्लै राजनीतिक पार्टीका झोलेहरूले गर्दा उनिहरूलाई आ आफ्नो पार्टीले जेजे निर्देशन दिन्छन त्यही गर्ने भयकोले देशमा जनताहरूलाई टुक्रा टुक्रा पारेर गुटहरूमा बिभाजित गरिएकोछ त्यसकारणले उनिहरूले देशको बारेमा सोंच्न सकेकाछैनन्।
हामिले सबैभन्दा पहिले देश र जनताको पक्षमा आवाज उठाउँदै आएको सबैको सामुन्य छर्लङ्गैछ।देशभित्र एम सीसीको प्रवेश भयपछि देशको राजनीति अबस्था पृथक भयकोछ।अहिले अंग्रेज साम्राज्यवादले देशलाई आफ्नो स्वार्थ अनुसार घुमाउँन थालेकोछ।एकतातिर चीनलाई घेर्ने उदेश्यले तैयार पारेको जाल एमसीसीमा नेपाल फस्नु र आफ्नो तटस्त परराष्ट्र निती लाई गुमाउनु आर्को तिर अमेरिकन साम्राज्यवादले देशमा चलखेल बढाउँनु भनेको हाम्रो देशको लागि शुभ संदेश भने होइन।अब देशको हितमा सम्पुर्ण नागरिकहरूले अमेरिकी सैनिक देशभित्र प्रवेशको बिरोध गर्नैपर्छ।

चर्चामा

सम्बन्धित समाचार