सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृर्षि उत्पादन तथा बजारीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

कृर्षि उत्पादन तथा बजारीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

  • मङ्लबार, जेष्ठ ३१, २०७९
कृर्षि उत्पादन तथा बजारीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिकाको कृषि उत्पादन तथा बजारीकरण सम्बन्धी एक दिने सरोकारवालाहरु संगको छलफल सम्पन्न भएको छ । बडिमालिका नगरपालिका तथा जिल्लामा कृषि उत्पादनका साथै बजारीकरणका बारेमा एक दिने छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
आईएनएफ नेपालको सहयोग तथा बडिमालिका नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको आईएनएफ नेपालका भेषराज उपाध्यायले बताएका छन । सरोकारवालाहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जलवायु परिर्वतन त्यसको असर र अबको रणनितीमा छलफल भएको उनले बताए । त्यसै गरी नगरपालिका क्षेत्रमा उत्पादन भएको कृषि उत्पादनमा जोड दिनुका साथै बजारीकरणका बिषयमा पनि छलफल भएको उपाध्यायले बताए ।
आईएनएफ नेपालका निमित्त कार्यालय प्रमुख खेम मिश्रको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा नगर प्रबक्ता, बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए । आईनएफ नेपाल बाजुराकी परियोजना सहायक अधिकृत बसन्ती बुढाले संचालन गरेको कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ६ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का बिषिष्ठ अतिथि रहेका थिए ।
प्रमुख अतिथि रहका बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख धर्मराज पाध्यायले बडिमालिका नगरपालिकाको बिकाशमा बिकाशे संघ संस्थाहरु संगको समन्यात्मक भुमिका आबस्यक रहको बताए । उनले भने नगरको बिकाशमा हातेमालो गर्न सबै गरैसकारी संस्थाहरुले सहयोग गर्नुका साथै एकद्धार प्रणालीबाट ग्रामिण क्षेत्रमा कार्यक्रम पुर्याउन कटिबद्धरुपमा लाग्नुपर्ने बताए ।
कार्यक्रमा जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रमुख हरी पनेरु, भेटेनरी अस्पतालका प्रतिनिधी जिल्ला बन डिभिजनका प्रतिनिधी लगायत बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार