आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिचल्लीमा बासमती थापाको ५ जना परिवार (भिडीयाे सहित)

बिचल्लीमा बासमती थापाको ५ जना परिवार (भिडीयाे सहित)

  • आइतवार, जेष्ठ २९, २०७९
बिचल्लीमा बासमती थापाको ५ जना परिवार (भिडीयाे सहित)

ज‌ंग रावल — बडिमालिका नगरपालिका ९ बस्ने बासमती थापाको परिवार बिचल्लीमा परेको छ । ५ जना सदस्य रहेका बासमतीको परिवार उपचार अभाब र खाद्य संकटको मारमा परेका छन् ।

बासमतीका श्रीमान धन बहादुर डडाल रक्तअल्पताका कारण जिल्ला अस्पतालमा उपचारमा रहेका छन् । उनको कान्छो छोरा शंकर डडालको खुट्टामा घाउ रहेको छ । शंकरको घाउको उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको भएपनि पैसा नहुदा घरमै रहेको बासमती थापाले वताईन् ।

बासमती दुबै आँखा देख्न सक्दैनन् । उनि छोराको साहारामा हिडडुल गर्ने गरेकि छन् । श्रीमान र छोरा बिरामी सँगै उनको परिवारमा चरम खाद्य संकट भएको छ । श्रीमानले काम गरेर वा कसैले दिएपछि खाने गरेका थियौ, श्रीमान पनि बिरामी भएपछि खाद्यन्नको जोहो गर्न पनि निकै धौ धौ भएको बासमतीले वताईन् ।

धन बहादुर अहिले अस्पतालको शै्यामा रगत अभाबमा तड्पिरहेका छन् । उनको शरिरमा रगतमा ५.१ प्वान्ट हेमोगोलोबिनको मात्र रहेको छ । रगत कम भएर धन बहादुरलाई कडा रक्तअल्पता देखिएको छ । धन बहादुरलाई “ए पोजेटिभ” रगतको आबश्यकता छ । कतै रगतको ब्यबस्थापन नभएपछि अस्पतालमा कार्यरत डा. जस्मिता बलमपाकिले एक प्वान्ट रगत दिएकि छन् । धन बहादुरलाइ रगतको आबश्यकता रहेको थियो, उनले धेरै ठाउँ खोजे तर कतै नपाएपछि आफुले रगत दिएको बलमपाकिले वताईन् ।

धन बहादुर कि श्रीमति बासमति थापा आँखा देख्दैनन् । बासमतिले रगतका लागि धेरै हारगुहार गरे, तर कतै रगत दिने ब्यक्ति पाएनन् । उनको अबस्था निकै जोखिम थियो, आफुहरुले रगत दिनु भन्दा अरु बिकल्प नै भएन्, डा. जस्मिताले वताईन् । अझै धन बहादुरलाई चार प्वान्ट भन्दा बढी रगत आबश्यक रहेको छ ।

बासमतीको छोरा शंकरको खुट्टामा घाउ पाकेर पिप बगिरहेको छ । बयलपटा अस्पतालमा जिल्ला अस्पताल बाजुराले रिफर गरेको भएपनि उनले छोरालाई उपचारमा लिन सकेकि छैनन् । आफु आँखा देख्दैन, अर्को पैसा छैन्, श्रीमान पनि बिरामी भएर अस्पतालको शै्यामा छैन्, छोरालाइ उपचार गर्न लग्ने कुनै उपाय नभएको बासमति थापाले वताईन् । आर्थिक नभएपछि नत उपचार गर्न सकेकि छन्, नत खाद्यन्नको ब्यबस्थापन गर्न नसकेको बासमतीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार