आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा फोटो पत्रकारीता सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

बाजुरामा फोटो पत्रकारीता सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

  • बिहिबार, जेष्ठ २६, २०७९
बाजुरामा फोटो पत्रकारीता सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरामा फोटो पत्रकारीता सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । नेपाल फोटो पत्रकार महासंघ बाजुराको आयोजनामा बाजुरामा कार्यरत पत्रकारलाई फोटो पत्रकारीता सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । फोटो पत्रकार बिक्रम राई र निराजन श्रेष्टले सो कार्यक्रमको सहजीकरण गरेका थिए ।
पत्रकारहरुलाई समाचार लेखेर मात्र नभएर समाचार संगसंगै फोटो आवश्यक परेकोले न्युज सम्प्रेशणमा सामान्य फोटो खिच्न र समाचारमा कस्तो फोटो राख्दा समाचार गुणस्तर हुन्छ भन्ने कुरामा फोटो पत्रकार प्रशिक्षक बिक्रम राई र निराजन श्रेष्टले जिल्लामा कार्यरत पत्रकारलाई अनुशिक्षण कार्यक्रम दिएका हुन ।
जिल्लाका पत्रकारहरुले फोटो सम्बन्धी जानकारी गराउनुका साथै फोटो कसरी खिच्ने भन्ने बिषयमा सहजीकरण गरेका थिए । एक दिन अनुशिक्षण कार्यक्रममा पत्रकारहरुले फोटो खिच्न आधारभुत सिकाई पछि फिल्डमा गएर प्रयोगआत्मक कार्य पनि गरिएको आयोजक नेपाल फोटो पत्रकार महासघं बाजुराका सचिव लक्ष्मीराज पाध्यायले बताएका छन ।
फोटो पत्रकार राई र श्रेष्टले बाजुरामा कार्यरत पत्रकारलाई आफुमा भएको ज्ञान फोटो खिच्न समेत सामान्य सिकाईका साथ आफु जस्तै यहाँका पत्रकारहरुले पनि फोटो खिच्न सकुन भन्ने उदेश्यले एक दिने अनुशिक्षेण कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ बाजुराको कुरा स्वीकार गरेकोे फोटो पत्रकार बिक्रम राईले बताए ।
बडिमालिका नगरपालिकाको सभा हलमा संचालन गरिएको अनुशिक्षण कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन गरिएको थियो भने प्रमुख अतिथि बडिमालिका नगर पालिकाका कार्यबाहक नगर प्रमुख डम्मर महत रहेका थिए ।
अथितिका रुपमा बडिमालिका न पा वडा नं. ८ का वडा अध्यक्ष चन्द थापा नेपाल पत्रकार महासघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित र नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष प्रकाश सिहं रहेका थिए, एक दिने पत्रकार अनुशिक्षण कार्यक्रम संचालन नेपाल फोटोे पत्रकार महासंघका सचिब लक्ष्मीराज पाध्यायले गरेका थिए, भने कार्यक्रमको स्वागत फोटो पत्रकार महासंघ बाजुराकी उपाअध्यक्ष सोधा नेपालीले गरेकी थिईन । तालिमका जिल्लामा कार्यरत १२ जना पत्रकारको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार