बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • धर्म-संस्कार
  • खप्तडमा गंगा–दशहरा मेला

खप्तडमा गंगा–दशहरा मेला

  • बुधबार, जेष्ठ २५, २०७९
खप्तडमा गंगा–दशहरा मेला

डोटी — सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या–पर्यटकीयस्थल खप्तडमा गंगा–दशहरा मेला लागेको छ। कोभिडका कारण ३ वर्षपछि यसवर्ष खप्तडमा यो मेला सुरु भएको हो। खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा ‘गंगा–दशहरा’ मेला लाग्ने परम्परा छ। सोही परम्पराअनुसार मंगलबार नवमीदेखि नै खप्तडमा दर्शनार्थीहरूले मेला भर्न सुरु गरेका छन्।

परापूर्व कालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन्। पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरूको आकर्षण बढेको छ। यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय देशकै ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ।

चर्चामा

सम्बन्धित समाचार