शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • महिलाले बनाएको नमुना “पानिनाउँला” जलवायु उत्थानशिल गाउँ घोषण

महिलाले बनाएको नमुना “पानिनाउँला” जलवायु उत्थानशिल गाउँ घोषण

  • आइतवार, जेष्ठ २२, २०७९
महिलाले बनाएको नमुना “पानिनाउँला” जलवायु उत्थानशिल गाउँ घोषण

बाजुरा–बडिमालिका नगरपालिका ६ पानिनाउँला गाउँलाई जलवायु उत्थानशिल गाउँ घोषण गरिएको छ । गाउँलाई विश्व वातावरण दिवस २०७९ को अबसरमा आइतवार गाउँलाई घोषण गरिएको हो ।
मष्टेश्वरी ताजा तरकारी कृषक समुहको आयोजना र बडिमालिका नगरपालिका स्थानिय गैर सरकारी संस्था सहास–नेपालको ९क्ब्ज्ब्क्(ल्भ्एब्ी० सहयोगमा गाउँ घोषण गरिएको सहास नेपालका परियोजना अधिकृत देसिन्द्र राईले वताएका छन् । बाजुराको पहिलो गाउँ जलवायु उत्थानशिल गाउँ घोषणा भएको हो ।
गाउँमा तिन बर्ष देखी जलवायु परिवर्तन सम्बन्धि छलफल, तालिम, गोष्ठि, अन्तरकृयाहरु सञ्चालन भएका थिए । त्यो सँगै जलवायु परिवर्तनको असर कम गर्न जलवायु सुहाउदो खेति प्रणालीको प्रयोग गरिएको नगरउपप्रमुख नन्दा कुमारी थापाले वताईन् । खाद्य सुरक्षा र पोषण सुधार पुयाउनका लागि बिभिन्न प्रबिधिको प्रयोग गरिएको थियो । गाउँ खाद्य सुरक्षित गाउँका रुपमा पनि रहेको छ ।
गाउँमा वाताबरण मैत्री बिभिन्न क्रियाकलाप सँगै सुहाउदो तरकारी खेति पनि गरिरहेको स्थानियले वताएका छन् । यो गाउँ जिल्लाकै नमुना गाँउका रुपमा चिनिन थालेको छ । २१ परिवार रहेको गाउँलाई महिलाको अगुवाईमा जिल्लाकै नमुना र सफा गाँउ निर्माण बनाउन सफल भएका छन् । सधै चुलो चौकोमा मात्र सिमित देखिने महिलाहरुको सक्रियतामा पानिनाउँला गाउँ नमुना गाउँ बनेको नगरप्रमुख अम्मर बहादुर खड्काले वताएका छन् ।
पानिनाउँला गाउँका महिलाहरु सक्रियतामा छाउपडि प्रथा अन्त्य सँगै पुर्ण सरसफाई युक्त बनाएका छन् । खानेपानीको ब्यबस्थापन्, घरको अगाडि जुठ्यान, घर घरमा सुधारीएको चुलो, घर अगाडी करेसाबारी रहेका छन् । सबै महिलाहरु दैनिक रुपमा घर आगन र साप्ताहिक रुपमा चौतारा, धारा बाटो घाटो सरसफाई गर्ने गरेको स्थानिय नन्दा कार्कीले वताएकि छन् ।
कुनै बेला सरसफाईमा निकै पछाडी रहेको यो बस्तिमा अहिले भने शौचालयको प्रयोग चाङ्ग, जुठ्यान निर्माण गरि सुन्दर गाँउ बनेको छ । साथै महिलाहरु समुह गठन गरि विकास निर्माण र महिला हिशांका बारेमा छलफल गर्ने गरेको महिलाहरुले वताएका छन् । गाउँका महिलाहरु सधै चुलो र चौकोमा सिमित देखिन्थे, तर तिन बर्ष यता भने चुलो चौकोमा मात्र नभई गाउँलाई सफा सुन्दर बनाउन लागेका छन् । गाउँमा जथाभावी फोहोर र घर आगँन फोहोर भएर गाँउनै दुर्गन्धित बन्नुका साथै बिभिन्न रोगहरुको शिकार बन्न पुगेपछि महिलाहरु गाउँनै सफा बनाउने अभियानमा लागेको कमला कार्कीले वताएकि छन् ।
पहिला पहिला यस्ता अभियानमा पुरुषको मात्र सहभागिता देखिने भएपनि पछिल्ला समयमा पुरुष भन्दा बढि महिलाहरुको सहभागिता बन्दै गएको कमलाले बताईन् । “बिहान मेला पात गएर दिउसो भने महिलाहरु गाउँ चाहरदै, सरसफाई अभियानमा लाग्ने गरेका छन् । महिलाहरु बिहान घरको काम गर्ने दिउसो टोल टोलमा गएर सरसफाई सन्देश दिनुका साथै बाटो, घरआगन, धारा, पधेरा सरसफाई गरदै आएका छन् । गाँउको विकासमा महिलाको मुख्य भुमिका पो हुने रहेछ, गाउँलाई जलवायु उत्थानशिल गाउँ घोषण गरेर प्रमाणित गरेको साहस नेपालका देसिन्द्र राईले वताए’ ।
गाउँमा बिगतमा फोहोर जन्य रोगको संक्रमण धेरै मात्रा फैलने गरेको थियो । तर अहिले भने धेरै कम मात्रामा फोहोर जन्य रोगहरुको संक्रमण कम हुन थालेको छ । गाउँमा कुनै वालवालिका तथा सुनौला हजार दिनको आमा कुपोषण नभएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार