शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु

बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु

  • बिहिबार, जेष्ठ १९, २०७९
बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिकाको पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ । बुढिनन्दा नगरपालिकाको पहिलो बैठकले कोल्टी क्षेत्रको बिद्युत र खानेपानीको ब्यबस्थापनमा जोड दिने निणर्य समेत गरेको छ । त्यसै गरी नगरपालिका भरी ७० बर्ष माथिका सबै बिरामीहरुको औषधी निशुल्क औषधीको ब्यबस्था गर्ने समेत निणर्य गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन ।
बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निणर्यहरु (सूचिसहित)
१ न्यायक समिती गठन ।
२ विषयगत समिती गठन।
३ कार्यपालिकाको प्रबत्ता गठन (जस्मा जङबिर रोकाया )
४ जनप्रतिनिधिले अनिवार्य ड्रेस लगाउने र पालिकाको लोगो निर्माण गर्ने ।
५ पद बाहाली गर्दा गरिएका निर्यको अनुमोदन गरेर कार्यनयन गर्ने ।
६ कोल्टी क्षेत्रमा बिधुतको रास्ट्रय प्रशारण लाई जडानको पहल अगाडि बढाउने र टेलिफोन सेवालाई पनि चुस्त सुचारु गर्न पहल गर्ने।
७ महिला हिस्सा ,जातीय छुवाछूत ,छाउपडी प्रथा तथा मदिरा नियन्त्रण गर्ने ।
८ कोल्टी क्षेत्रको ठूलो समस्याको रुपमा रहेको खानेपानी लाई ब्यबस्थापन गरि सुचारु गर्ने।
९ नगर पालिका भित्रका ७० बर्श भन्दा माथिका जेस्ट नागरिक लाई निशुल्क औसधि बितरण गर्ने ।
१० नगर भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने

चर्चामा

सम्बन्धित समाचार